आफन्त भेट्ने आशामा विते ४७ वर्ष आफन्त खोज्दै भीमबहादुर

बैतडी । सडकले कैयौँ मानिसलाई जोड्छ तर यही सडकमा आफन्त छुटेकाको जीवन भने क्षितिज पारि डुब्न लागेको घाम जस्तो बन्ने भीमबहादुर थापाको पीडाले पुष्टि गर्छ। बाल्यकालमै सडकमा छुटेका मजदुरका छोरा थापाले ४७ वर्षसम्म आफन्त भेटाएका छैनन्।

                                      Government of Nepal Singha Durbar Official Emblem of Nepal, coat of arms, food, christmas Decoration, flower png thumbnail  डिभिजनवन कार्यालय बैतडीको सन्देश

No description available.

बाल्यकालका धमिला सपना बोकेर भीमबहादुर अहिले आफन्त सम्झेर रोइरहेका छन्। २०३३ सालमा सडक खन्न दाङबाट मजदुरका रूपमा बैतडी आएका आफन्तसँग सडकमै बिछोड भएको उनले बताए।

दशरथचन्द नगरपालिका-४, कठपतेमा एक घरमा आश्रय लिइरहेका भीमबहादुरले आफ्नो घरको ठेगाना र आफन्तको नाम थाहा नभएको बताए। ‘बाल्यकालमै सडकमा छुटेँ’, उनले भने, ‘४७ वर्षदेखि आफन्तको सम्झनामा दिन बिताउँदै छु।’

दाउरा बेच्न सदरमुकाम आउँदै गरेको अवस्थामा भेटिएका भीमबहादुर जाडोले कामिरहेका थिए। आफन्तले छाडेर गएको सडक किनारकै एक स्थानीयको घरमा काम गरेर जीवन बिताइरहेको पीडा सुनाए। भीमबहादुर अविवाहित हुन्।

‘आमाको अनुहार सम्झना छैन। सायद म सानै छँदा बित्नुभयो किरु उनले भने, बुवासहितका नातेदारसँग बैतडी पुगेको याद छ। सडक खन्ने काम सकेर आफन्त फर्केको भन्छन्। मलाई किन यतै छाडेर जानुभयो, केही थाहा छैन’,आँखाका डिलबाट चाउरी परेका गालामा आँसु खसाल्दै उनले भने। आमाबाबुका बारेमा बेखबर भएकाले हालसम्म नागरिकता पनि नबनेको उनले बताए। ‘आफ्नै देशमा अनागरिक भएको छु’, उनले दुखेसो पोखे।

स्थानीय अमृत ठगुन्नाले होटलमा खाएको उधारो तिर्न नसक्दा भीमबहादुरका आफन्तले पैसा लिएर आउँछु भनी छाडेर गएको सम्झना गरे। ‘२०३२/३३ सालको कुरा हो। कठपतेबाट बैतडी सदरमुकामको सडक खन्ने काम भइरहेको थियो । ठेकेदारले दाङबाट कामदार ल्याएका थिए। उनीहरू सडकमै बसेर काम गर्थे’, उनले भने, ‘ती मजदुर सडकको काम सकेर फर्केपछि भीमबहादुरलाई छाडेर गएका हामीले थाहा पायौँ । त्यसपछि उनलाई स्थानीयले आश्रय दिएका हुन्।’ गोरखापत्रबाट

dcs 1
Damu 1
dandako khbar 1
Loading...