बसाई सराईले होला आजभोलि गाउघर सुनसान देख्छु।
युवाजति बिदेशतिर गयर होला, घरघरमा चाल्चा लगाएको देख्छु,
संगैका साथिहरु कोहि पढ्न,कोहि भारतमा पसिना बगाउन गएर होला
लेखक–ः जीवन बाग
आजभोलि गोठालो जादा खेल्ने त्यो पिपलको चौतारी रित्तो देख्छु।
गोठालो जादा धेरै साथिहरु र धेरै गाइ बस्तु थिए
आजभोलि त जंगल जाने बाटो नै खालि देख्छु।
बनजंगल भरी मानिसहरुको चहल(पहल, र जंगली पंछिहरुको त्यो संगीत झै समधूर आवाज आजभोलि त सुनसान भएको देख्छु।
ईस्कुलको खेल्ने चौर भरी विद्यार्थी साथिहरु थिए
आजभोलि हेर्दा धेरै कम विद्यार्थीहरु खेल्दै गरेको देख्छु।वर्षायाम सुरु हुदा खेतभरी खेतालाहरुले रोपाईको हिलो खेल्दै धान रोप्ने गरिन्थ्यो
तर आजभोलि बर्खा लाग्दा गाउमा खेताला खोजिरहेको देख्छु।
धानको बाला झुल्ने मेरो १०रोपनि खेतमा घास मात्रै पलाएको देख्छु।
दशै तिहार आउदा गाउभरी खुशियाली हुन्यो हातमा टिका र जमरा बोकि गाउभरीका मान्छेलाई लगाई आशिर्वाद लिईन्थो।
तिहारमा दिदी बहिनीले उनेको त्यो सप्तरंगी,र हजारी फुलको माला लगाई गाउभरीका दाजुभाईले खुशि पाएको अनुभव गरिन्थ्यो
तर आजभोलि माईति घर जाने दिदीबहिनी को बाटो सुनसान देख्छु।
आगनभरी फुलेका ती फुलहरु उस्तै खेर गएको देख्छु।दशैमा टिका आफ्नै हातले लगाई बिदेशमा दशै तिहार मनाएको देख्छु।
गाउमा कसैको दुखद निधन हुदा पुरै गाउ सोकमा ढुबिन्थो,मलाम जाने गाउलेहरुको बाटोभरी लाईन देखिने मेरो समाज र गाउमा
आजभोलि कोहि मर्दा पहिलो चोटि सामाजिक संजाल फेसबुक मा देख्छु र बिदेश बाटै श्रदान्जली लेखेको देख्दा म आफै टोलाउछु।गाउघरमा विकास त भयो,तर,
सहि सदुपयोग नभयको देख्छु।
बिकासका लागि छुट्याएको रकम आधा प्रतिशत मात्रै बिकास भएको देख्छु।
कति टाठाबाठा र ठेकेदार हरुले पैसा हिनामिना गरे तर सोझासाझा गाउलेको हात रित्तो देख्छु।
सरकारी रकम बाटै कतिले तराई जमिन किने चारपांग्रे गाडी किने छोरा(छोरी सहर पढाए तर
सोझासाझा गाउलेहरु ठगिएको देख्छु।
राजनितिकको नाममा आफ्नो कमाई खाने भाडो बनाई जनताको आखामा छारो हालेको देख्छु।
भारतमै बसेर तेरो मेरो एस्तो उस्तो पाटि भन्ने दाजुभाईले, जब गाउमा पुग्दा चुनाबमा मासुभात र जाडको झोलमा हराएको देख्छु।
पसिना बिदेशमा बगाउने,आफ्नो पाटिको धेरै बयान गर्ने प्रदेशी दाजु
गाउमा हुदा हात खुट्टा र ओठ बन्द गरेर टुलुटुलु मलाई हेरेको देख्छु।मेरो पनि के कुरा गर्नुहुन्छ र महोदय, आफु त १४,बर्षे मै साहुको रिनले एउटा काधमा पढ्ने कापि कलमको झोला र अर्को काधमा साहुको रिन अनि परिवारको खुशि किन्ने झोला बोकेर भातर लागेको मान्छे। १४,देखि अहिले २८ बर्षेको हुदा सम्म भारतमै पसिना बगाई परिवारको पेट पाल्ने मान्छे।
अब भन्नोहोस कसरी हुन्छ गाउको बिकास,कसरी रोक्नुपर्छे बसाई सर्नै गाउलेहरुलाई।कसरी गर्ने युवाहरुलाई स्वदेश मै रोजगारी को बन्दोबस्त।कसरी फर्काउने त्यो गाउभरीको भाईचारा,बेरोज़गारी का साथसाथै गाउघर नै रित्तो हुदै छ ।
आजभोलि, यो हामी सबैका लागि दुखद को बिषय हो।आफु जन्मेको गाउ,बालापनमा खेल्ने ति चौतारी हरु,गोठालो जादा जंगलभरी गाई भैसी अन्य जनावरहरुको चहल(पहल,गाउभरी मान्छेहरुको भिड, विद्यालय मा विद्यार्थी हरुको धेरै संख्या। सामाजिक कार्यमा गाउलेहरूको भिडभाड गाउमा कोहि बिरामी हुदा सबै जना मिलेर अस्पताल पुर्याउने मेरो समाजमा आजभोलि मान्छे मर्दा पनि लास फाल्ने मान्छे नभेटिएको देख्छु।
कसैको जन्ति बिबाह दशै तिहार,मेला र अन्य भोज भतेरमा सयौ जनाको भिडभाड आजभोलि म निसम्म देख्छु।कता हराउदै गय
ति मेला र जात्रामा खेलिने डेउडा भाकाहरु,नया बर्षेमा सिस्नो संग खेल्दै रमाईलो गर्ने पर्व बिसौ।हातमा तरवाल समाई खुट्टा र हातको ताल मिलाई खेलिने भुवा पर्बे,रातभरी साथिभाई एकै ठाउमा बसेर मिठामिठा कुराकानि गर्दै फर्सिको भुजे रोटि खाने र डेउडा खेल्दै रात काट्ने त्यो पौष पन्ध्र ,माघको पहिलो दिन देखि अन्तिम दिन सम्म गाउभरी सेलरोटी बाढ्दै सबै गाउलेसंग माया प्रेम र भाईचारा राख्ने माघे तिहार आज भोलि त बिस्तारै हराएको देख्छु।
कसैले बिबाह गरेको पनि सामाजिक संजाल फेसबुकमा देख्छु।अब रहेन ति पहिलेका जस्तै रमाईला पलहरु।खै हाम्रै कमिकम्जोरी भनौ कि ।
,जब गाउलेहरु बेरोज़गार हुदै गय,त्यतिनै दिमागमा अन्य उपायहरु अपनाउदै गय।कोहि घर जमिन बिक्री गरेर तराई तिर बसाई सरे भने कोहि घरमा चाल्चा लगाई परिवार सहित पैसा कमाउन भारतको कुना काप्चामा पुगे।अलिकति पासपोर्ट को खर्चे जुटाई सक्नेहरु साउदि,कतार,दुबै, मलेशिया जस्ता सम्पन्न बिदेश तिर लागे।
अब गाउमा छन त केबल बुढापाखा,कमिकम्जोरी हरु,धन नभयकाहरु।अनि आफ्नो जन्मभूमि लाई असाध्यै माया गर्ने र आफु जन्मिएको गाउघरमा केहि गरेर खान्छु भनि रात दिन त्यहि जन्मिएको माटोमा हिरा फलाउने सपना देख्ने सच्चा नेपाली भक्तहरु।तर पनि पहिलेको भन्दाअहिले धेरै फरक छ गाउगाउको बस्ति।
सामाजिक र भौतिक बिकास त भयो तर त्यस्को सदुपयोग गर्ने कमै छन गाउघरमा। खानेपानिको बिकास भयो तर पिउने कमै घरधुरी छन।पानिको ब्यबस्थापन कम हुदै छ कतै पाईपहरु टुटेका छन त कहै धारा टुटेर पानि सुकेको छ।
सडको निर्माण त भयो यातायात गर्ने कमै भेटिन्छन भाडादर बढ्दै गयो जनताको आर्थिक स्तर झनझन खस्कदै गयो ।
सडकहरु वर्षाको भेलले भत्काउदै गर्दा पुननिर्माण हुन सकेको छैन।नत गतिलो पिच सडक छ। विद्यालय प्रा बि बाट मा बि भयो तर पढ्ने विद्यार्थी को जनसंख्या कम हुदै गयो। विद्यालय र अभिभावक को कमिकम्जोरीले नत राम्रो गुणस्तरिय शिक्षा लिने मौका मिल्यो बर्षैपिक्ष शिक्षाको कमिका कारण कयौ गाउका विद्यार्थी हरु पढाई छोडेर भारतको कोठी कोठी र होटलहरुमा पसिना बगाउन पुगे।
अलिकता धन भयकाका हरु बोर्डिंग तथा शहरको बिध्यालयमा पढ्न बसाई सरे।
घरमा पैसाको अभाबका कारण कयौ विद्यार्थी हरुले सदाको लागि पढाई छोडेर बसे। खेतबारीमा झुलिरहने ति धानका बाला,लटरम्म फलेका ति सुन्तला र अनारका दाना सिजन अनुसार घरको आगनभरी फल्ने ति सागपातहरु खै आजभोलि त सबै जताततै खडेरी मात्रै परेको देख्छु।
बरिखाको भारी बर्षामा भत्केका खेतहरु उस्तै छन।पूरानो पुस्ता अहिले सम्म जोगाएर राख्ने सबैको भोक मेटाउने ति खेतहरु बाझो रहेको देख्छु।कतिले खेतनै छोडि भारत लागे कति गाउले तराई तिर।फलफुल र सागपात बिक्री गरेर आय आर्जन गर्ने ब्यबस्थापन पनि नभयको देख्छु।
अनि कहा बाट हुन्थो र आत्मनिर्भर हाम्रो देश र समाज।किर्षिको उत्तम बिकासको लागि नेपाल सरकारले धेरै सुबिधाहरु उपलब्धि गरायो तर सदुपयोग हुन नसकेको देख्छु। नया बिकास सुरु हुन लाग्दा आएको त्यो १०लाख बजेट कति ठेकेदार र गाउका टाठाबाठा ले पैसा हिनामिना गर्दा १००५मा५०५ काम मात्रै सम्पन भएको देख्छु।सिचाईको लागि बनेका ति पोखरी र कुलो पुनेटोहरु भत्किएको छ कतै कुलामा पानि आउदैन त कतै पोखरीमा पानि जम्मा हुदैन।अनि कमिकम्जोरी म आफैलाई देख्छु।


