बैतडीमा ३० वर्षदेखि ओढारको बास,एकसरो लुगा छैन,सक्दो सह्योग गरिदिन आफन्तको आग्रह

हेर्दा डरलाग्दो टोपी खस्ने भीर, भीरको माथिल्लो चुचुरोमा छ ढुंगाको ठूलो ओढार । त्यहीँ ओढारमा बिगत ३० वर्षदेखि बस्दै आएका छन्, मेलौली नगरपालिका–३ ढणौनका नर बहादुर चन्द । सामान्य मानिसले सहजरुपमा हिड्न र बस्न नै नसक्ने अवस्थाको ढणौन गाउँ नजिकैको ढुंगाको ओढारमा चन्द बिगत ३ दशकदेखि बस्दै आएका छन् ।

  उपक्षेत्रिय अस्पताल डडेल्धुरा द्वारा जनहितमा जारी सन्देश

No description available.आढारभित्र कुच्चिएका स्टील तथा प्लाष्टिकका भाडाकुडा र छोडेर फालेका झुत्रिएका लुगा बाहेक केही छैन ।

आफुलाई ६४ वर्ष बताउने चन्दको मानसिक अवस्था सुस्त छ । आमा÷बुवाको मृत्यु भएदेखि नै चन्द त्यहीँ ओढारमा बस्दै आएका स्थानीय बताउछन् ।
एक्लो सन्तानको रुपमा रहेका चन्द बाल्यकालमै बुवासँग भारत गएका थिए । भारतमा रहेका बखत एक्कासी बेपत्ता भएका चन्द ३५ वर्षपछि घर फर्किए । मानसिक अवस्था सुस्त भएका चन्द घर फर्किएको केही समयपछि आमाबुवा गुमाएका चन्दले त्यसपछी घरमा बस्न छोडे । अहिले ६४ वर्ष उमेर बताउने उनि ओढारमै बस्छन् ।

छरछिमेकीको दाउरा बोक्ने, सरसामान ओसार्ने लगायतका सक्दो अनुसारको काम गरी बेलुका चामल किनेर ओढारमा फर्किने गरेका छन् । गाउँमा मानसिक सन्तुलन गुमाएका भनिएपनि उनमा त्यस्तो लक्षण खासै केही देखिदैन ।

एकसरो लुगा समेत नरहेका उनि दिनैभर गाउँलेहरुको दाउरा बोकेर खाद्यान्नका सामान किनेर फर्किने गरेको बताउछन् । उनि भन्छन्, ‘एक्लाको हातबाट घर बन्दैन, कसरी घरमा बस्ने ?’ ओढारमा बस्दा निकै चिसो हुने गरेको उनि बताउछन् । ‘साँझपख हावाहुरी चल्छ, पछि  निकै चिसो हुन्छ, पानी परेको समयमा बस्नै सकिन्न, लुगा छैन ।’

दिनैभर गाउँ चाहारेर बेलुका ओढारमा फर्किने चन्द अधिकांश रात भोकै बित्ने गरेका छन् । ‘दिनदिनै कहाबाट पकाउने? कसैले पैसा दिएपछि किन्छु, अन्न सागपात दिए ल्याएर पकाउछु, नत्र  भोकै सुत्छु,’ उनि भन्छन् । चन्दलाई केही प्रश्न गर्ने क्रममा सहजै छोटो जवाफ दिने गरेका छन, भने प्रसंग बोडेर छुट्टै कुरा गर्ने पनि गर्ने गरेका छन् ।

कुनै स्थानीयलाई कुट्ने, झम्टने, चोरी गर्ने लगायतका कुनै पनि अवान्छित काम नगर्ने गरेको भतिजा समेत रहेका पंकज चन्दले बताए । घरमा बस्नको लागि धेरै प्रयास गरिएको भएपनि नमान्ने गरेका भतिजा पंकज बताउछन् ।

‘हामिले घरमा बस्नु भनेर धेरै आग्रह ग¥यौँ, तर मान्दैनन् ।’
कुनै दातृ निकाय र संघसंस्थाद्धारा उपचार गराउन सके निको हुने विश्वास गरिएको वडा सदस्य समेत रहेका आफन्त शेर बहादुर चन्द बताउछन् ।

‘एकोहोरो दिमाक चल्छ, दयनिय अवस्थामा बस्दै आएका छन्, तिनलाई घरमा राख्ने हरसम्भव प्रयास गरिएको हो, तर सकिएन, केही संस्था र दातृ निकायले सहयोग गरेमा निको हुन्थेकी भन्ने लाग्छ,’ वडा सदस्य चन्द भन्छन् । घर परिवारका एक्ला सदस्य भएकाले आर्थिक अभावमा उपचारका लागि लैजान नसकिएको समेत चन्दले बताए ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...