नेकपा माओवादी केन्द्र प्युठान नगर कमिटीको दोस्रो नगर अधिवेशन उद्घाटन मा नेकपा (माओवादी केन्द्र )केन्द्रीय उपाध्यक्ष एवम् उपराष्ट्रपति पति नन्दकिशोर पुन प्युठान आउन लाग्नु भएको नेकपा माओवादी केन्द्र प्युठान ले जनाएको छ । पासाङको प्रमुख आतिथ्यतामा हुने उद्घाटन कार्यक्रमलाई केन्द्रीय सदस्य कृष्णध्वज खड्का, संविधानसभा सदस्य तथा जिल्ला इञ्चार्ज नारायण प्रसाद अधिकारी लगायतका नेताहरूले कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
नगर समिति सचिव सुमनराज श्रेष्ठका अनुसार अधिवेशनको तयारी पूरा भइसकेको छ। अधिवेशनलाई पार्टीको सुदृढीकरण, कार्यकर्ता सशक्तिकरण र राजनीतिक कार्यदिशा पुनरावलोकनको अवसरका रूपमा लिइएको नगरसचिव श्रेष्ठले बताए।
पूर्व उपराष्ट्रपति पुनको उपस्थितिले अधिवेशनको राजनीतिक तौल अझ बढ्ने माओवादी केन्द्र प्युठानले विश्वास लिएको छ।


