हावाहुरीले धुलि माध्यामिक बिद्यालयको छाना उडायो

बझाङः हावाहुरीले साइपाल गाउपालिका ४ मा रहेको धुलि माध्यामिक बिद्यालयकोे छाना उडाएको छ । यहि माघ २५ गते
हावाहुरीले बिद्यालयको कर्कट पाताले छाएको २ कोठे अफिस कोठा भबनको छाना उडाएको बिद्यालयका प्रध्यानाध्यापक धन बहादुर बिष्ट भाटेले जानकारी दिनुभयो ।

बिद्यालयको भबनको छाना उडाउदा अफिस कोठामा रहेका बिभिन्न शैक्षिक सामग्रीहरु, कम्प्युटर,बिद्यालयमा रहेको भिते घडी, प्लाष्टीकका कुर्सी ,स्पिकर लगाएत बिद्यालयका लाइब्रेरीका सोलार पाता ,प्रिन्टर गरी ४ लाख बराबरको क्षती भएको  प्रअ बिष्ट भाटेले जानकारी दिनुभयो ।

बिद्यालयको अफिस कोठाको छाना उडाएपछि विद्यालयका शिक्षकहरुलाइ बस्न समस्या भएको भन्दै बिद्यालयलाइ आवश्यक सहयोग गरी दिन सम्बन्धित निकायलाइ आग्रह गरेको छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...