सुदूरपश्चिमबाट वैदेशिक रोजगारीमा गएका धेरै युवाले उतै ज्यान गुमाए

सुदूरपश्चिमबाट कामको खोजीमा छिमेकी मुलुक भारत लगायत तेस्रो देश पुगेका कतिपय युवाले उतै ज्यान गुमाउने गरेका छन्।

स्वदेशमा रोजगारीको अवसर नहुँदा विदेश जान बाध्य युवामध्ये केहीले भने यो वर्ष उतै ज्यान गुमाउन पुगेका हुन्। वैदेशिक रोजगारीमा गएका अछामका एक युवक कुवेतमा अस्ताएका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ का २७ वर्षीय सुरत कडायतको कुवेतमा निधन भएको हो। सुरजको कुवेतमा सडकदुर्घटनामा परेर मृत्यु भएको हो।

Emblem of Nepal - Wikipedia    कमल बजार नगरपालिका अछामको सन्देश

No description available.

जिल्लाको बिनायक नगरपालिका–४ लयटीका कडायत महाराष्ट्रको भिवन्डीमा मृत फेला परेका थिए। यसरी भारत तथा तेस्रो मुलुकमा कामको खोजीमा पुगेकामध्ये केहीले यसैगरी ज्यान गुमाउने गरेका छन्। कामको खोजीमा विदेश गएकामध्ये कतिपय चोटपटक लागेर अंगभंग समेत भएका छन्। विदेशमा रहेका आफ्ना नागरिकको बारेमा यहाँको प्रदेश सरकारले कुनै वास्ता गर्ने गरेको छैन्।

भूलवस व्यक्तिको नाम तलमाथि पर्न गएकोमा भुलसुधार गरिएको छ। साथै यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।

सुरजको निधनले परिवारले सहारा गुमाएको छ। उनका ९ र ७ वर्षीया दुई छोरी र ४ वर्षीय छोरा छन्। त्यस्तै कञ्चनपुरका एक पुरुषको भारतको चेन्नैइमा मृत्यृ भयो। जिल्लाको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका श्याम रोकायाको रोजगारको सिलसिलामा भारतको चेन्नैइमा मृत्यु भएको हो।

मलेसियामा ६ बर्ष काम गरेर गत असोज महिनामा घर फर्केका बिष्णुलाई कम्पनीबाट कामको लागि खबर आएपछि आफ्नो ब्रतबन्ध गरेर पुनः मलेशिया गएका थिए। अर्कोपटक घर आउदाँ बिहे गर्ने सोच बनाएर पैसा कमाउन वैदेशिक रोजगारिमा गएका बिष्णु उतै वितेका छन्। बैतडीको दशरथचन्द नगरपालिका–१ श्रीखण्ड घर भएका ४५ बर्षीय देवदत्त भट्टको चण्डीगढमा मृत्यु भएको छ। ६ महिना अघिमात्रै रोजगारीका लागि भारत गएका भट्टको शुक्रबार मृत्यु भएको हो।

उनको मृत्युको कारण भने खुल्न सकेको छैन्। मृतक भट्टको घरमा श्रीमती, दुई छोरी र एक छोरा छन्। नेपाल प्रहरीको हवलदार पदबाट सेवा निवृत भएपछि भट्ट रोजगारीका लागि भारत गएका थिए। गत साउनमा अछामका नकिन्द्र कडायत भारतमा मृत फेला परे।

श्याम कृष्णपुर नगरपालिका–६ का पुर्व वडा कमिटी सदस्य तथा प्रहरी सहायक निरीक्षक समेत हुन्। भारतमा बझाङकी एक महिलाले पनि ज्यान गुमाउन पुगिन्। खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा तल्कोट गाउँपालिका–१ सुनिकोट भाडागाउँकी ३१ वर्षीया नारदा थापाको मृत्यु भएको हो।

मृतक थापाको परिवार कामको सिलसिलामा लामो समयदेखि बैङ्लोरमा बस्दै आएका थिए। बैतडीका एक युवकको मलेसियामा मृत्यु भयो। जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षीय बिष्णु लोहारको मलेसियामा मृत्यु भएको हो। राति कोठामा सुतेका उनी बिहान मृत फेला परेका थिए। उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा कार्यरत थिए।

dcs 1
Damu 1
dandako khbar 1
Loading...