डोटीः सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन्। उनी सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछामतर्फ जाँदै थिए। कार सडक किनारमा रोकी उनी नुहाउन गएको प्रहरी नायव निरीक्षक नारायणसिंह नेगीले बताए। उनका अनुसार तामाङ बेपत्ता भएको सूचनामा सोही कारमा सँगै रहेका रेवन्त अधिकारीले दिएका थिए।
जिल्लाको शिखर नगरपालिका–८ लुवाखडीनजिकै नदीमा कैलालीको धनगढी उपमहानगरपालिका–३ मायामेट्रो अस्पताल पछाडि बस्ने करिब ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ।


