सुधार केन्द्रमा राखिएका युवकको कुटपिट गरी हत्या

कैलालीको घोडाघोडी नगरपालिका–४ को नयाँ बाटो पुनर्स्थापना केन्द्रमा मृत भेटिएका २५ वर्षीय सुनिल शाहीको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।इलाका प्रहरी कार्यालय सुखडले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा शाहीको पुनर्स्थापना केन्द्रमैसामाजिक विकास कार्यालय डोटीको सन्देश कुटपिटपछि मृत्यु भएको खुलेको हो ।इलाका प्रहरी कार्यालयमा सञ्चालक, अध्यक्ष र पुनर्स्थापना केन्द्रमा आश्रित १७ जनाविरुद्ध परिवारले जाहेरी दिएका छन् ।                                            Emblem of Nepal - Wikipedia सामाजिक विकास कार्यालय डोटीको सन्देश

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्रकुमार पालले मृतकका परिवारले दिएको किटानी जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।प्रारम्भिक अनुसन्धानका क्रममा शाही मंगलबार दिउँसो पुनर्स्थापना केन्द्रबाट भाग्न खोजेका थिए ।No description available.

भाग्न खोज्दा नियन्त्रणमा लिएर केन्द्रमा आश्रितहरूले पालैपालो कुटपिट गरेको प्रहरीले जनाएको छ ।राति करिब २ बजेको समयमा शाहीको मृत्यु भए पनि प्रहरीलाई भने ढिला खबर गरिएको थियो ।

त्यो बीचमा घटना लुकाउने प्रयास गरिएको प्रहरीले जनाएको छ ।उनकाअनुसार पुनर्स्थापना केन्द्रका सञ्चालक बल खत्री, रोशन ऐर, सञ्चालक समितिका अध्यक्ष होम तामाङसहित १७ जनाविरुद्ध जाहेरी परेको छ ।त्यस्तै केन्द्रमा साथीलाई भेट्न गएका मुकेश सुनारका नाममा पनि किटानी जाहेरी दर्ता गरिएको छ ।

उनीहरूमध्ये १६ जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि सञ्चालक रोशन ऐर भने फरार रहेको प्रहरीले जनाएको छ । यस्तै पुनर्स्थापना केन्द्रमा रहेका विपुल सापकोटा, सुर्दशन अधिकारी, भूपेन्द्र खड्का, विनोद शाही, कमल रिजाल, गौरव आचार्य, नवीन रावल, नवराज चौधरी, कृष्ण तिमिल्सिना, सुमन भट्ट, आकाश अधिकारी, रोशन पनाडी, दिनेश मन्नीविरुद्ध जाहेरी परेको छ ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...