वडाले आयोजना गरेको स्वास्थ्य शिविरमा नक्कली डक्टर , परे प्रहरीको फन्दामा

 

स्वास्थ्य शिविर सञ्चालन गरेर ठगी गरेको आरोपमा पक्राउ परेका नक्कली डाक्टर र उनका सहयोगी विरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीले इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएको छ ।

मंगलबार पक्राउ परेका महाकाली नगरपालिका–४ का ४४ वर्षीय नक्कली डाक्टर भूपेन्द्र बहादुर क्षेत्री र उनका सहयोगी भिमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुस्कर गुनीयाल विरुद्ध जिल्ला अदालत डोटीमा मुद्दा दर्ता गरिएको हो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ को दफा २३० मा चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट इलाज गर्नको लागि इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अङ्गको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन भनी उल्लेख गरेको छ ।

शिविर सञ्चालन गर्ने व्यक्तिहरुले कुनै पनि निकायबाट इजाजत प्राप्त गरेको पाइदैन । उनीहरुले मेसिनको साहयताबाट शरीरमा भएका पुरै रोग पत्ता लगाएको दावी गर्दै बिरामीलाई परामर्श दिएका थिए । शरीरमा भएको रोग निको हुने भन्दै हातमा बाँध्ने ब्रासलेट र खल्टीमा राख्ने कार्ड रु. पाँच हजारका दरले बिक्रि गरेका थिए ।

मुलुकी अपराध संहितामा सो बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुने व्यवस्था छ ।

उनीहरुमाथि मंगलबार नै इलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए । बुधबार अदालतबाट पाँच दिनको म्याद थप गराएर थप अनुसन्धान अगाडी बढाइएको उनले बताए ।

शिविरमा प्रयोग भएका सामग्रीसहित पक्राउ परेका क्षेत्री र गुनीयाललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

शिविर वैशाख २७ गतेदेखि ३० गतेसम्म ४ दिन सञ्चालन भएको थियो । शिविरमा दुई सय ३० जना बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । बिरामीहरुबाट होल बडी चेकअप भनेर पाँच सयका दरले एक लाख १५ हजार असुल गरिएको थियो । स्वास्थ्य परीक्षण गराउने अधिकांश बिरामीहरुलाई रोग निको हुने भन्दै रु. पाँच हजारका दरले ब्रासलेट, एटिएम जस्तो कार्ड खरिद गर्न लगाइएको थियो ।ठगी गर्ने व्यक्तिहरुले यस अघि कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लाहरुमा पनि शिविर सञ्चालन गरेर ठगी गरेका थिए ।ठगीमा संलग्न व्यक्तिहरुलाई प्रहरीले मंगलबार दिपायल सिलगढी नगरपालीका – ०५ सिलगढी चौतारा बजारबाट पक्राउ गरेको थियो । डाक्टर हुँ भनी पेश गरेको प्रमाण पत्रहरु प्रहरीले परीक्षण्का लागि नेपाल मेडिकल काउन्सिल बासबारी, काठमाण्डौमा पठाएको थियो ।

Emblem of Nepal - Wikipedia           साफेबगर नगरपालिमा अछामको सन्देश 

No description available.

 

त्यस क्रममा काउन्सिले डा. क्षेत्रीको चिकित्सक प्रमाण पत्र तथा नागरीकताको प्रमाणित प्रतिलिपी विवरण काउन्सिलमा दर्ता नरहेको पत्रसहितको जानकारी गराएको छ ।प्रहरीले मुद्दा दर्ता गराएर थप अनुसन्धानका लागि बुधबार अदालतबाट पाँच दिनको म्याद थप गराएको छ । मुलुकी आचार संहिता २०७४ को परिच्छेद १९ को दफा २३० मा उल्लेखित व्यवस्था अनुसार पक्राउ परेका नक्कली डाक्टर क्षेत्री र उनका सहयोगी गुनीयालको अनुसन्धान प्रक्रिया अघि बढीसकेको छ । कानुनी व्यवस्था अनुसार कसूर गर्न लगाउने व्यक्तिहरु पनि कारबाहीको भागेदार बन्ने देखिन्छ ।

 

मुलुकी अपराध संहिता बमोजिम कसूर (शिविर सञ्चालन) गर्ने नक्कली डाक्टर, उनका सहयोगी तथा कसूर (शिविर सञ्चालन) गराउने, मदत गर्ने र समन्वय गराउने व्यक्तिहरुलाई पनि दण्ड सजाय हुनसक्ने छ ।तर, घटनामा सम्बन्धीत व्यक्तिहरु नै पक्राउ परेकाले अन्य व्यक्तिहरुलाई कारबाहीका लागि आवश्यक नठान्न पनि सक्छ ।पक्राउ परेका व्यक्तिहरुले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए । डाक्टर भूपेन्द्र नाम बताउने क्षेत्री र गुनीयालको सहयोगमा वडा कार्यालयले शिविरको आयोजना गरेको थियो ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...