मनसुन भित्रिएको पहिलो चरणमै बाढीले पच्चीस भन्दा बढी परिवार विस्थापित

संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ३ घर बगाएको छ । बाढीका कारण २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । खाँदबारी ५ र ६ नम्बर वडामा आएको बाढीले कम्तीमा १ सय १० परिवार विस्थापित भएका छन् । खेतबारीमा ठूल्ठूला ढुंगा थुप्रिएर बगरमा परिणत भएका छन् । डुङ्डुगे आकाशे सिंचाई र हिंगुवा कुलो सिंचाईमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन् । धुपू बाह्रबीसे जोड्ने माल्टाखोला माथिको पक्की पुल जोखिममा

Emblem of Nepal - Wikipedia तुर्माखाद गाउँपालिका अछामको सन्देश

परेको छ ।No description available.

पहिरोले खाँदबारी ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् ।

वर्षा धेरै भएकाले नदी किनारा, भीरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले आग्रह गरेको छ । उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ । बाढीले कम्तीमा ३ करोडको धनमाल क्षति भएको अनुमान गरिएको छ । क्षतिको तथ्यांक भने गाउँस्तरमा संकलन भइरहेको छ ।

 

खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन् । पहिरोबाट विस्थापित बनेकाहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । पीडितहरु राहतको भन्दा पनि दिर्घकालीन समस्या समाधानको पर्खाईमा बसेका छन्

 

।

dcs 1
Damu 1
dandako khbar 1
Loading...