नियमित विद्यालय नआएको भन्दै कैलालीमा विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट

कैलालीमा शिक्षकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको विषय बाहिर आएको छ।जिल्लाको गौरीगंगा नगरपालिकास्थित जनप्रिय माध्यामिक विद्यालयमा पढ्ने एक विद्यार्थीलाई तीन जना शिक्षकले मरणासन्न हुने गरी कुटपिट गरेको विषय बाहिर आएको हो। साथै ती विद्यार्थीलाई अपहेलित गरेको समेत खुलेको छ। घटना बिहिबार (साउन ३१ गते) भएको हो। पीडित विद्यार्थीका अभिभावकले इलाका प्रहरी कार्यालय चौमालामा जाहेरी दिएपछि अहिले विद्यालय प्रशासनले सो घटनालाई ढाकछोप गर्ने चलखेल भइरहेको छ। सो विद्यालयका शिक्षक जयबहादुर वयलकोटीले लठ्ठीले टाउँकोमा हानेका थिए भने दिपेन्द्र खड्का, वयलकोटी लगायतका शिक्षकले विद्यार्थीमाथि अपहेलना गरेको पीडितका आफन्तले दिएको जाहेरीमा उल्लेख छ।विद्यार्थी बिरामी भएकाले उपस्थित हुन नसकेको कारण देखाउँदा शिक्षकहरुले कुटपिट गर्नुका साथै अपहेलित गरेको निवेदनमा उल्लेख छ।

शिक्षकहरुले एचआइभी लागेर विद्यालय नआएको हो भनेर सम्पूर्ण विद्यार्थीहरु सामु भने। शिक्षकले सबैका अगाडि यस्तो अपहेलित शब्द प्रयोग गरेका कारण विद्यार्थीलाई विद्यालय जान पनि इच्छा नभएको भन्दै प्रहरीमा उजुरी नै परेको छ।

शिक्षक वयलकोटीले हानेको लठ्ठीले विद्यार्थीको टाउकोमा गम्भिर चोट लागेपछि भारतको मूम्बइमा उपचार भइरहेको छ। सार्वजनिक स्थानमा कुटपिट गरेको सिसिटिभीमा फुटेजमा देखिएको पीडितका आफन्तले बताएका छन्। साथै उपचार खर्च सम्पूर्ण शिक्षकहरुबाट उपलब्ध गराइदिन भन्दै पीडित पक्षले उजुरीमा उल्लेख गरेका छन्।

इलाका प्रहरी कार्यालय मसुरियाका वरिष्ठ प्रहरी नायव निरीक्षक नरेश ढकालले पीडित पक्षबाट यस्तो उजुरी आएपछि सबै शिक्षकलाई बोलाएर छलफल भइरहेको बताए। सोमबार पीडित पक्षबाट ठाडो जाहेरी परेको उनले बताए। अहिले दुबै पक्षलाई राखेर छलफल भइरहेको र पीडित पक्षको धारणा अनुसार कामकारबाही अघि बढाउने उनले बताए।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...