अज्ञात रोगले एकको मृत्यु भए पछि स्थानीयमा त्रास

बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएपछि स्थानीयवासी भयभीत भएका छन्। नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ। पासीलाई १८ गते राति बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गराई बुधबार नेपालगञ्जस्थित शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको नरैनापुर-६ स्थित गङ्गापुर स्वास्थ्यचौकी इन्चार्ज भरतराज बुढाथोकीले जानकारी दिए।

केही दिनअघि नरैनापुरकै वडा नं ३ गेग्ली गाउँमा झाडापखालाको लक्षण देखिएर चारजनाको मृत्यु भएको थियो। बुधबार निर्मलाको अचानक मृत्यु भएपछि गङ्गापुरका स्थानीयवासी स्वास्थ्यचौकीमा परीक्षणका लागि आउने क्रम बढेको स्वास्थ्यचौकी इन्चार्ज बुढाथोकीले बताए।

‘यो वेला मौसमी ज्वरो, आउँमासी, पेट दुख्ने समस्या प्रायः हुने गर्छ, स्वास्थ्यचौकीमा आज पनि झाडापखालाको लक्षण भएका केही विरामी उपचारका लागि आएका छन्ְ’, उनले भने, ‘झाडापखालाको प्रकोप छैन तर एकजनाको ज्यान गएपछि स्थानीय बासिन्दा डर त्रासले स्वास्थ्यचौकीमा जाँचका लागि आउने क्रम बढेको छ।’

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...