रामबहादुर देउबा– डोटी , रोगभोगको चपेटामा रुमल्लिएको नेपाली यूवाजमात स्वदेशमा आफ्नो भविष्य देख्दैन तब एकोहोरो भएर उसले सोच्ने गर्छ खाडिमुलक । यो यिनीहरुको रहर नभएर वाध्यता नै हो भन्दा सायद फरक पर्दैन होला ।
नेपालमा राजनिति परिवर्तनमा यूवाको जमातले रगतको खोलो नै नबगाएको कुनै इतिहास नै छैन । पहँुच हुनेहरुले चाकरीको आधारमा स्वदेशमा टिक्ने अवसर जे पाए । यूवा जमतलाई प्रयोग गर्ने र छोड्ने प्रवृतिकै कारणले स्वदेशका ग्रामिण वस्ति रित्तिएका छन् । मलामि जाने समेत नपाइने अवस्थको कहाली लाग्दो अवस्थाले वस्ति रित्तै छन ।
सुनशान वस्तिको जानकारी थाहा पाउँछ त केवल सामाजिक सन्जालको माध्यम बाटै पाउँछ जब । जन्मभूमिको तस्विर समाजिक सन्जाल बाट पाउँछ तब गहभरी आँसुका ढिक्का खसाउन पुग्छ ।
घरमा बृद्यद आमाबुवा ससाना बच्चा छोड्नु उनीहरको रहर होइन केवल वाध्यता हो यो समस्याका बारेमा समयमै यूवा समातले आफ्नो लागि आफैले सोच्ने बेला आएको छ । यो देश सबैको हो यो देशमा बस्न पाउने अधिकार सबैको छ भन्ने भावनाको विकास जब सम्म हुन सक्दैन तब सम्म देशमा परिवर्तन आएको मान्न समेत सकिदैन ।
जङ्गली जनावरको आतङ्क
ग्रामीण बस्ती खाली हुनुको एक कारण जङ्गली जनावरको आतङ्क पनि हो । केही वर्षअघिसम्म आफ्नै खेतबारीमा लगाएको खेतीले वर्षभरि खान पुग्ने ग्रामीण बस्तीका बासिन्दाले पछिल्ला वर्षमा खेती लगाउन छाडेका छन् ।
‘केही वर्ष अघिसम्म परिवारलाई वर्षभरि खान पुग्ने कोदो, मकै, गहुँलगायत बाली फल्ने गाउँका जमिन अहिले जङ्गली जनावरका कारण बाँझो पर्न थालेका छन् । केही वर्ष अघिसम्म परिवारलाई खान पुग्ने अन्न बारीमा फल्थ्यो । अहिले जङ्गली जनावरले बाली नपाक्दै नष्ट गरिहाल्छन् । बाँझो बारीले परिवारलाई खान पुग्दैन ।
लगाएको खेती नपाक्दै बाँदर र बँदेललगायत जङ्गली जनावरले नास गर्न थालेपछि पाखाबारी बाँझो छाडेर नागरिक परिवारको गर्जो टार्न कामको खोजीमा भारतलगायतका सुविधासम्पन्न सहर पस्न थालेका हुन् ।


