आज ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस ।

आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस। ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ मनाइदैछ । महिलाहरुलाई घर चुलो चौकोमा मात्रै सिमित होइन पुरुष समान अवसर दिनु पर्छ भन्ने आम महिला हरुको आवाज छ । बिशेष गरि अहिले संविधान ले पनि महिलाहरुलाई अधिकार सम्पन्न बनाएको छ । नेपालको हाल सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिती छ ।सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ । नेपाल पनि विभिन्न सरकारवाला तथा संघ संस्थाहरुले कार्यक्रम तय गरेका छन । नेपाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । महिला हरुले गरेको योगदान , कार्य सम्पादन मुल्यांकन को आधारमा सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम समेत तय गरि कार्यक्रम संसार भर मनाउने तय गरिएको छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...