क्रिकेटर सन्दीप लामिछानेलाई आठवर्षको कैद सजाय

जबर्जस्ती करणी कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले आठ वर्ष कैद सजाय तोकेको छ।

१३ पुसमा अदालतले उनलाई जबर्जस्ती करणी कसुरमा दोषी ठहर गरेको थियो।No description available.

स्वास्थ्य निर्देशनालय राजपुर डोटी द्वारा जारी सन्देश

अदालतले आज सजाय तोक्ने निर्णय गरेको थियो। सोहीबमोजिम अदालतले उनलाई आठ वर्ष कैद सजाय तोकेको हो।

अदालतले दुवैको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक हैसियत र पीडितलाई परेको मानसिक असरलगायतलाई विचार गरी सो फैसला सुनाएको हो। जिल्ला अदालतका प्रवक्ता सिपी पन्थीका अनुसार फैसलामा लामिछानेलाई मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ को ३ (ङ) बमोजिम आठ वर्ष कैद सजाय सुनाइएको छ।

यसैगरी, अदालतले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ ३ (क), (ग) बमोजिम तीन लाख रुपैयाँ जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असरसमेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना तीन लाख र थप दुई लाख रकम क्षतिपूर्तिबापत लामिछानेबाट भराई दिने ठहर पनि गरेको छ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...