दोहरी साँझमा कुटपिट हुँदा एक जनाको मृत्यु

 

 

कैलाली    –   गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको  दोहरी साँझमा कुटपिटमा परि  एक जनाको ज्यान गएको छ।

 

२५ गते बुधवार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो। २५ गते राति दोहरी साँझमा कुटपिटमा परेका देउवालाई परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा ल्याएका थिए।No description available.

गम्भीर चोट लागेका उनको उपचारकै क्रमम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।

 

देउवाको अस्पतालमा मृत्यु भएपछि मात्रै परिवारले घटना बारे प्रहरीलाई बताएको प्रवक्ता चन्दले बताए।

देउवाको ज्यान गएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो। ६ जनालाई नियन्त्रणमा लिएरअनुसन्धान भइरहेको कैलाली प्रहरी प्रवक्ता चन्दले  बताएका छन्।

                             स्वास्थ्य कार्यालय सिलगढी डोटी

                                         द्वारा जनहितमा जारी सन्देश

dcs 1
Damu 1
dandako khbar 1
Loading...