भारतबाट धान ल्याउन नपाएपछि नेपाली चामल उद्योगहरु संकटमा

 

 

भारतबाट सहुलियतमा धान ल्याउन नपाएपछि नेपाली चामल उद्योगहरु संकटमा परेका छन् । यसले चामलको उपभोक्ता मुल्य समेत बढ्ने उनीहरू बताउँछन् ।

Emblem of Nepal - Wikipedia   पुर्चौडी नगरपालिका गाउँपालिका बैतडीको सन्देश

No description available.

सरकारी तथ्यांकअनुसार हरेक वर्ष भारतबाट ५ देखि ६ लाख मेट्रिक्टन धान आयात हुने गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा साढे ६ लाख मेट्रिक टन धान आयात भएको थियो । त्यसपछि क्रमशः ५ लाख ४६ हजार र ५ लाख ५८ हजार मेट्रिक टन धान आयात भएको छ । चालु आर्थिक वर्षमा पनि १ लाख १० हजार मेट्रिक टन धान आयात भइसकेको छ ।

धानकै हाराहारीमा भारतबाट चामल पनि आयात हुने गरेको छ । पछिल्लो समय भारतले महंगो चामल मात्र निर्यातमा गर्न दिएको छ भने धानमा २० प्रतिशत निर्यात शुल्क लगाएको छ ।

नेपाललाई ६ लाख टन धानमा निर्यात शुल्क नलिने गरी कोटा तोक्यो । त्यो कोटाको अवधि यही सेप्टेम्बरमा सकियो । अहिले  भारतबाट आयात गरिने धानमा २० प्रतिशत निर्यात शुल्क तिर्नु परेको उद्योगीहरू बताउँछन् ।

खासगरी नेपालमा लोकप्रिय रहेको जीरा मसिनो चामलको कच्चा पदार्थको रुपमा रहेको कतर्नी धानमा समस्या परेको छ । अन्य धान नेपालमा पाइने भएपनि कतर्नीमा पूर्णरुपमा भारतमा निर्भर हुनुपरेको छ ।

अधिकारीहरूका अनुसार नेपाल सरकारले भारतसँग १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल आयातका लागि भन्साररहित सुविधा दिन अनुरोध गरेको थियो । तर भारतले ९५ हजार टन चामल आयातमा निर्यात शुल्क नलिने बतायो । त्यो धान चामल भारतको नेसनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेड (एनसीईएल) सँग मात्रै आयात गर्न पाउने नियम भारतले बनाएको छ ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...