डोटीमा बँदेलले आक्रमण गर्दा एकको निधन एक घाइते

रामबहादुर देउबा –डोटी  ,  डोटीमा बँदेलले आक्रमण गर्दा एकको निधन भएको छ भने एक पुरुष घाइते भएका छन् । बँदेलले आक्रमण गर्दा जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर १बस्ने ३५ बर्सिया जगुली देवी भूलको ( ७२ वर्षिया) निधन भएको छ भने भगी भुल घाइते भएका छन् ।

उनीहरुलाई मङ्गलवार (आज) बिहान करिब ९ बजेतिर घर नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिए । घाइते जगुली भुललाई उपचार गर्न जिल्ला अस्पताल डोटीमा ल्याउने क्रममा बीच बाटोमा नै निधन भएका हो भने मृतक जगुली भुलका सशुरा नात पर्ने भगि भुलको अवस्था सामान्य रहेको र अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेकोजनाएको छ ।

।जगुलीलाई बँदेलले आक्रमण गरिरहेको बेला बचाउँन खोज्दा उहाँँका शशुरा भगि भुललाई समेत आक्रमण गरेको जनाएको छ । पछिल्लो समयमा मानिसलाई  जङ्गली जनावरले डोटीमा निकै नै आक्रमण गरिरहेको छ ।

गत पुष२४ गते बझाङ्ग जिल्लाको दुर्गाथली गाउँपालिका डुङरी बस्ने जूना देवि जोशीलाई आफ्नै खेती बारि काटटे भन्ने ठाँउमा खेतमा गुहुँ खान लागेका गोरूलाई धपाउने क्रममा स्यालको आक्रमणमा परी घाईते भएकी थिइन भने पौष ३ गते पूर्वीचौकी गाउापालिकाको वार्ड नं .२ कुडासैनमा  बालिकालाई आक्रमण गर्दा १३ वर्षिया किडी ठकुल्ला सख्त घाइते भएकी थिइन ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...