रामबहादुर देउबा , डडेलधुरा– डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी बढेका छन् । चालु आर्थिक वर्षमा मात्रै यस नगरपालिकाबाट सञ्चालित योजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरमा ३० वटा उजुरी परेका छन् ।
अख्तियारमा उजुरी बढ्दै जाँदा कर्मचारीको मनोबल घट्दै जाने अवस्था आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायले बताए । उनले यो प्रवृत्ति ठिक नभएको गुनासो गरे ।काम गर्ने वातावरण नै बन्दैन । अख्तियारलाई कागजात मिलाउनमै समय जान्छ ।
चालु आवका तीन महिना अख्तियारमा परेका उजुरीका कागजात मिलानमै बित्यो, उनले भने, ‘अमरगढीका अधिकांश योजनाविरुद्ध अख्तियारमा उजुरी परेका छन् । उजुरीको छानबिन गर्न अख्तियारले ताकिता गरिरहन्छ ।


