अंशवण्डा विवादले पाँचतले छतबाट आत्म हत्या

धनगढी , घरको छतबाट हाम फालेका धनगढीका व्यवसायी सन्तोष अग्रवालको परिवारमा अंशवण्डासम्बन्धी विवाद रहेको पाइएको छ ।धनगढी उपमहानगरपालिका-४ को बसपार्कमा आफ्नै घरको तल्लो तलामा सन्दीप स्टोर सञ्चालन गरेर श्रृङ्गार सामानको होलसेल व्यवसायी अग्रवालको बुधबार नवजीवन अस्पतालमा मृत्यु भएको थियो ।

   उपक्षेत्रिय अस्पताल डडेल्धुरा द्वारा जनहितमा जारी सन्देश

चिसो मौसममा बिशेष गरी बलबालिका र बृद्धहरुलाई स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले मौसम अनुसारको लुगा लगाउने गरौ । नेपाल सरकारले निशुल्क प्रदान गरेका सम्पूणखोपहरु खोपतालिका अनुसार अनिवार्य लगाऔँ । खोपले बालबालिकाको रोग सङ्ग लड्ने क्षमता विकास गर्नुका साथै बालबालिकाहरुलाई तन्दुरुस्त बनाउनमा समेत मदत गरेको हुन्छ । बालबालिकाहरु बिरामी भएको खण्डमा आफुखुसी कहिल्यै पनि औषधी नखुवाई आधिकारिक स्वास्थ्य कर्मीको परामर्श लिएर मात्र औषधी सेबन गराऔँ ।

छोरासँग अंशबण्डाको विषयमा विवाद भएपछि घरको पाचौं तलाबाट हामफालेका अग्रवालको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार काठमाडौं बस्दै आएका जेठा छोरा बुधबार बिहान घर आएका थिए । कान्छा छोरा भने सन्तोषसँगै धनगढीमा बस्थे ।

प्रहरी स्रोतका अनुसार अग्रवाल बिहान आफ्नै पसल सन्दीप स्टोरमा काम गरिरहेका थिए । त्यहीँ पुगेर जेठा छोराले अंशबण्डाको विषयमा कुरा उठाएपछि विवाद भएको थियो । त्यसपछि सन्तोषले छोरालाई ‘तिम्रो आमालाई बोलाएर ल्याउँछु पख’ भन्दै पसलबाट माथि गएका थिए ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा अग्रवाल घरको छतमा चढेका बेला स्थानीयले त्यसो नगर्न भनेको सुनिन्छ तर उनी कसैको कुरा परवाह नगरी हाम फालेको देखिएको छ ।
अहिले परिवारका सबै सदस्यहरु शोकमा भएकाले धेरै कुरा बुझ्न पाइएको छैन’, डीएसपी चन्दले भने, ‘घटनाको कारणबारे आवश्यक सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको छ ।’
dcs 1
Damu 1
dandako khbar 1
Loading...