डोटी ।डोटी जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीको सकृतामा डोटी जिल्ला अस्पतालमा दुई जना विशेषज्ञ डक्टर थपिएका छन । बालरोग विशेषज्ञ डा. अनिल गुप्ता र जनरल फिजिसियन डा.अरुण कुमार गुप्ता आएका हुन । बाल रोग विशेषज्ञ आए सङ्गै बालबालिकाहरुले विशेषज्ञ सेवा अव डोटी जिल्ला बाट नै पाउने भएका छन ।
यसअघि अस्पतालमा विशेषज्ञ डाक्टरको रूपमा एक जना एमडीजिपी डा. नीराजन श्रेष्ठ मात्रै रहेका थिए । विशेषज्ञ डाक्टरहरू गुप्ता द्वयलाई बुधवार औपचारिक स्वागत गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले जानकारी दिए ।
अस्पतालबाट दैनिक एक सय देखी एक सय ५० जना सम्म बिरामीले सेवा लिइरहेकोमा विशेषज्ञ डाक्टर थप भएसँगै बिरामीको सङ्ख्या बढ्ने अस्पतालले जनाएको छ
अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव हुँदा सुदूरपश्चिम प्रदेश सरकारले स्रोत सुनिश्चित गरिदिएपछि डाक्टर थप गरिएको अध्यक्ष नेपालीले बताए ।
यसअघि अस्पतालमा एक जना विशेषज्ञ र ८ जना एमबिबिएस गरेर ९ जना डाक्टरले सेवा दिइरहेका थिए । दुई जना विशेषज्ञ डाक्टर थप भएसँगै अस्पतालमा डाक्टरको सङ्ख्या ११ पुगेको छ ।


