रेल बाट खसेर नेपाली युवकको मृत्यु

रामबहादुर देउबा,       भारतको तामिलनाडु भन्ने स्थानमा एक नेपाली युवकको रेल बाट खसेर मृत्यु भएको छ । ती युवक रोजगारिको सिलसिलामा भारतको चेन्नाई गएका थिए ।

मृत्यृ हुनेमा डोटी जिल्ला आदर्श गाउँपालिका वार्ड नं ७ स्थाइ बसोबास भएका अन्दाजि वर्ष ४०का डम्मर किमाडी रहेका छन । घर आउने क्रममा चेन्नाइ रेलवे स्टेशनमा रेल बाट लडेर हिजो २५ गते उहाँको घटना स्थलमा नै मृत्यु भएको हो ।

रोजगारी गर्न भारत जानेको छैन जीवन विमा

दैनिक जसो हजारौ युवाशक्ति भारतमा रोजगारिको लागि जाने गरेको भएता पनि नत उनीहरुको सरकारी तवर बाट लगत राखिने गरेको छ नत जीवन विमाको व्यवस्था ।

विदेशी भूमिमा बगाएको रगत र पसिना बाट आर्जितले यो मुलुक धानेको भएता पनि भारतमा रोजगारीको लागि जानेहरुको जीवन विमा नहुदा विदेशीनेहरुको विचल्ली भएको छ ।

जीवन विमा भएको भए उहाँहरुलाई विदेशी भूमिमा अकल्पनिय घटना भएको अवस्थामा केही मात्रामा भए पनि राहत त हुन्थ्यो होला । यस बारेमा समन्धि निकायको ध्यान जानु आवश्यक छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...