बुढीगंगा नगरपालिकाको आन्तरिक द्धन्दले वडावासीले पाय सास्ती

रामबहादुर देउवा , बाजुरा , बाजुराको बुढीगङ्गा नगरपालिका–७ मा वडा सचिव नआएको भन्दै माघ ८ गते लगाइएको ताला अझै खुलेको छैन ।

राजनीतिक दलले वडामा सचिवको माग गर्दै तालाबन्दी गरेको दुई हप्ताभन्दा बढी समय बितेको छ ।वडा कार्यालयबाट हुने काम कारबाही प्रभावित बन्दै गएको छ भने स्थानीयवासी आक्रोषित भएका छन् ।

स्थानीय तहको दोस्रो निर्वाचनपछि अहिलेसम्म सो वडामा सचिव नपठाएकोले तालाबन्दी गरेको नेपाली कांग्रेस बुढीगङ्गा नगरपालिका–७ का वडा सभापति वीरबहादुर केसीले बताए।उनले भने, “लामो समयदेखि वडामा सचिव नहुँदा यहाँका स्थानीयवासीले पाउनुपर्ने सबै सेवासुविधाका लागि अन्य वडामा जानु परेको छ ।

पालिकाका अन्य वडाले सचिव पाउनु र यो वडाले सचिव किन नपाएको भन्दै उहाँले यस वडाका सबै राजनीतिक दलको संयुक्त रोहबरमा ताला लगाएको स्पष्ट पार्नुभयो । वडा सचिव नपाउँदासम्म ताला नखोलिने केसीले बताए ।

लामो समयसम्म वडामा तालाबन्दी भएपछि स्थानीयवासी नागरिकता सिफारिस, जन्मदर्ता, विवाहदर्ता, बसाँइसराइ, मृत्युदर्तालगायतका सिफारिस लिनबाट वञ्चित भएका छन् ।

वडा कार्यालयबाट पाउने विभिन्न सेवासुविधाका लागि अन्य वडाको सहारा लिनुपर्ने अवस्था आएको छ । जबसम्म वडाले सचिव पाउँदैन तबसम्म यो ताला खोल्दैन ।

”दलका  वडा प्रतिनिधिको रोहबरमा माघ ८ गते तालाबन्दी भएको वडाध्यक्ष भुवनसिंह केसीले बताए । मौखिक तथा लिखित रूपमा नगरपालिकामा आग्रह गर्दा पनि सचिव नपठाएको गुनासो गरे । एकसाताभित्रै कर्मचारी पठाएको बुढीगङ्गा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताउनुभयो ।

उनले भने, “पहिला कर्मचारी नपाएको भन्दै तालाबन्दी गरेको हो । अहिले फेरि सडक विद्यालय र स्वास्थ्यलगायतका भौतिक पूर्वाधारको रकम भुक्तानी नपाएको भन्दै ताला लगाएको भन्ने कुरा सुनिएको छ ।”

आर्थिक वर्ष २०७९, ८० को सडकमा १० लाख रुपियाँ र विद्यालयको पाँच लाख रुपियाँ बजेट हो ।

त्यो अनुसार काम भएको छैन्, जति काम भयो त्यतिको रकम लिनुहोस् भन्दा उहाँहरूले मान्नु भएको छैन्, काम नै नगरेर त्यसै रकम दिन नसक्ने प्रमुख प्रशासकीय अधिकृत नाथले बताए।

सात नं वडाका वडाअध्यक्ष भवन सिह के.सीले भने, हामीले वडा सचिव नपाएको दुई वर्ष भयो । समस्याका बारेमा पटक पटक नगरपालिकालाई जानकारी गराउदा नगरपालिकाले हाम्रो  कुरा नै सुन्दैन । वडामा ताला लगाउनु हाम्रो रहर नभएर वाध्यता हो ।

नगरपालिकाको सात नं वडालाई हेर्ने व्यवहार नै सौतेलो भएको जस्तो हामीलाई लागेको हो वडाअध्यक्ष केसीले भने ।
वडाकार्यालय र स्वास्थ्य चौकीको भवन समेत अधुरो अवसथामा रहेकाले ती अधुरा कार्य पूरा गराउनमा नगरपालिका उदासिन रहेकाले ती कार्य पूरागराउनका लागि भए पनि यस्तो कार्य गर्नु परेको हो केसीले भने ।

हगत आर्थिक वर्षका योजनाहरुको समेत भुक्तान नपाएको र नगरपालिकामा जादा क्षेत्रमा प्राविधिक कर्मचारीहरुलाई नपठाई मनोमानी आधारमा थोरै मात्र रकम दिन खोजेकाले त्यो रकम नल्याएको वडाअध्यक्ष केसीले बताए ।

यस बारेमा नगरप्रमुख रामबहादुर बानिया सङ्ग बुझ्दा एक हप्ता भित्रै सबै समस्याको समाधान गर्नका लागि आन्तरिक छलफल भइरहेकाले समस्या छिट्टै समाधान हुने जानकारी दिएका छन् ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...