सुदूरपश्मि प्रदेश मुख्यमन्त्री कार्यालयको उपलब्धि ,

कार्यालय सञ्चालनको नाममा ६ महिनामै तीन करोड खर्च

धनगढीः तीन करोड ४९ लाख ७५ हजार रुपैयाँ कर्मचारीको पारिश्रमिकका लागि विनियोजन भएकोमा अहिलेसम्म एक करोड २ लाख ९० हजार खर्च भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहसहितका पदाधिकारीका लागि ४३ लाख चार हजार बजेट विनियोजन गरिएकोमा २४ लाख २२ हजार खर्च भएको छ।सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयले कार्यालय सञ्चालनको नाममा ६ महिनामै तीन करोड खर्च गरेको पाइएको छ।

साथै पोशाक र भ्रमणको नाममा समेत मनपरी बजेट विनियोजन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा पारिश्रमिक, पोसाक, भत्ता, बीमा, बिजुली, सञ्चार, इन्धन, भ्रमण लगायत शिर्षकमा तीन करोड ३२ लाख ६० हजार खर्च गरेको हो।

मुख्यमन्त्री कार्यालयले चालु आर्थिक वर्षका लागि पोसाक शीर्षकमा पाँच लाख २० हजार बजेट विनियोजन गरेको छ। महँगी भत्तामा १२ लाख ४८ हजार विनियोजन गरिएको छ। मुख्यमन्त्री कार्यालयका कर्मचारीले २ लाख ९७ हजार महँगी भत्ता बुझेका छन्। उनीहरूले ६ महिनामा बैठक भत्ता बाफत १७ लाख ४८ हजार बुझेका छन्।

चालु आर्थिक वर्ष २०८०÷८१ मा कर्मचारी बैठक भत्ता शीर्षकमा २५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ। अन्य भत्ता शीर्षकमासमेत १३ लाख ९८ हजार बजेट छ। उक्त शीर्षकबाट चार लाख ६७ हजार खर्च भएको छ। कर्मचारीको बीमा कोषका लागि चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरिएको छ।

बीमा कोषको विनियोजन रकम मध्येबाट ८० हजार खर्च भएको छ। पानी तथा बिजुलीका लागि थप २२ लाख बजेट छ। त्यसमध्ये १६ हजार खर्च भएको छ। सञ्चारमा मात्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक लाख ४८ हजार खर्च गरेको छ।

सञ्चारमा ११ लाख पाँच हजार बजेट विनियोजन गरिएको छ। पदाधिकारीको इन्धनमा मात्र ६ महिनामा सात लाख ९८ हजार खर्च भएको छ। पदाधिकारीको इन्धनका लागि कार्यालयले १८ लाख ६० हजार विनियोजन गरेको छ। कार्यालय प्रयोजनका लागि थप २७ लाख विनियोजन गरिएकोमा १५ लाख चार हजार खर्च भएको छ।

मन्त्रीपरिषद्को कार्यालयले सवारी मर्मतमा १८ लाख ६५ हजार खर्च गरेको छ। सवारी मर्मत शीर्षकमा चालु आर्थिक वर्षका लागि ३७ लाख बजेट विनियोजन गरिएको छ। बीमा तथा नविकरणमा समेत मुख्यमन्त्री कार्यालयले १३ लाख विनियोजन गरेकोमा २ लाख ९२ हजार खर्च गरेको छ।

फेरि औजार मर्मतमा समेत सो कार्यालयले ४७ हजार खर्च गरेको छ। मेसिनरी तथा औजार मर्मत सम्भार र सञ्चालनका लागि ८ लाख विनियोजन गरिएको छ। सार्वजनिक सम्पत्तिको मर्मतमा १० लाख ३७ हजार खर्च भएको छ। सो शीर्षकमा ३६ लाख बजेट छ।

अन्य सम्पत्तिहरूको सञ्चालन तथा सम्भारका लागि थप २ लाख ३७ हजार खर्च भएको छ। अन्य सम्पत्तीहरूको सञ्चालन तथा सम्भार खर्चमा ५ लाख बजेट विनियोजन गरिएको छ।आर्थिक वर्षमा भ्रमणमा ३१ लाख विनियोजन गरिएकोमा झन्डै २७ लाख सकिएको हो। कार्यालयले विविध खर्चमा ३० लाख नौ हजार बजेट विनियोजन गरेकोमा हालसम्म १७ लाख ७५ हजार खर्च भएको छ। मन्त्रीपरिषद्को कार्यालयका लागि पारिश्रमिकदेखि विविध खर्चसम्म गरी ९ करोड ४२ लाख ७० हजार बजेट गरिएकोमा तीन करोड ३२ लाख ६० हजार खर्च भइसकेको छ।

चालु आर्थिक वर्षको हालसम्म मसलन्द तथा कार्यालय सामाग्रीका लागि १६ लाख १७ हजार खर्च भएको छ। ४५ लाख मसलन्दका लागि बजेट विनियोजन गरिएकोमा १६ लाख १७ हजार ६ महिनामा खर्च भएको हो।

अन्य प्रयोजनका लागिसमेत इन्धनको नाममा खर्च भएको छ। इन्धन अन्य प्रयोजनका लागि पाँच लाख बजेट रहेकोमा १८ हजार खर्च भइसकेको छ। करार सेवा शुल्कका लागि ५० लाख ५६ हजार बजेट विनियोजन गरिएकोमा २९ लाख ५१ हजार खर्च भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कार्यक्रम खर्चका लागि ९५ लाख बजेट विनियोजन गरेको छ।

कार्यक्रमको नाममा २ लाख ५० हजार खर्च भइसकेको छ। अनुगमनका लागि २९ लाख ४५ हजार बजेट विनियोजन गरिएको छ। हालसम्म सो शिर्षकमा १३ लाख ४२ हजार खर्च भएको छ। मन्त्रीपरिषद्को कार्यालयले चालु आर्थिक वर्षको हालसम्म भ्रमण खर्चमा २६ लाख ९५ हजार सकेको छ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...