महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना १० मृतकको सनाखतdandakokhabar.com

कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो । मृतकमध्ये ७ पुरुष र ३ महिला रहेका छन्। मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।
    Emblem of Nepal - Wikipedia   पन्चदेवल विनायक नगरपालिका अछाम द्वारा जारी सन्देश

 

 चिसो मौसममा बिशेष गरी बलबालिका र बृद्धहरुलाई स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले मौसम अनुसारको लुगा लगाउने गरौ । नेपाल सरकारले निशुल्क प्रदान गरेका सम्पूणखोपहरु खोपतालिका अनुसार अनिवार्य लगाऔँ । खोपले बालबालिकाको रोग सङ्ग लड्ने क्षमता विकास गर्नुका साथै बालबालिकाहरुलाई तन्दुरुस्त बनाउनमा समेत मदत गरेको हुन्छ । बालबालिकाहरु बिरामी भएको खण्डमा आफुखुसी कहिल्यै पनि औषधी नखुवाई आधिकारिक स्वास्थ्य कर्मीको परामर्श लिएर मात्र औषधी सेबन गराऔँ ।
                                                            अम्बीका चलाउने नगर प्रमुख 

यस्तै, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कञ्चनपुर पुनर्वासकी विमलादेवी भट्ट, भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनाको बुटवलमा र अरुको कपिलवस्तुकै अस्पतालमा उपचार भइरहेको छ ।

यी हुन्  घाइते:

जिल्ला ओखलढंगा घर भई रुध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक ब. कार्कीको टाउको र शरीरको विभिन्न भागमा चोट अवस्था सिरिया संजिवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेको ।
बस चालक जिल्ला कन्चनपुर भिमदत्त न.पा. ४ वस्ने वर्ष ४० को पूर्णबहादुर चन्द वायाँ खुट्टामा चोट अवस्था मध्यम संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेको ।
जिल्ला कञ्चनपुर बेलडाँडी नपा– १ वस्ने वर्ष २४ को महेश सुनार दाहिने खुट्टामा चोट अवस्था मध्यम संजिवनिमा उपचार पश्चात चौराहा अस्पताल वुटवल रिफर गरेको । जिल्ला बाँके राप्ति सुनारी गापा.–२ वस्ने बर्ष २३ को शुशिल कुँवर दाहिने खुट्टामा चोट चौराहा अस्पताल वुटवल रिफर गरेको । जिल्ला गुल्मी मालिका गा.पा. –७ बस्ने वर्ष २९ को अर्जुन कार्कि निधारमा चोट अवस्था सामान्य चौराहा अस्पताल वुटवल रिफर गरेको । जिल्ला कन्चनपुर भिमदत्त न.पा.–१८ वस्ने वर्ष २८ को सन्तोष चौधरी अनुहार र छातिमा चोट अवस्था मध्यम चौराहा अस्पताल वुटवल रिफर गरेको ।सहचालक जि. कन्चनपुर महेन्द्रनगर न.पा.– १८ वस्ने वर्ष ३५ को केशव हमाल टाउकोमा चोट अवस्था सामान्य, चौराहा अस्पताल वुटवल रिफर गरेको ।जि.बैतडी मेलौली न.पा. –१ बस्ने बर्ष २२ को राजेश दयाल टाउँकोमा चोट अवस्था मध्यम, चौराहा अस्पताल वुटवल रिफर गरेको, जि. कन्चनपुर भीमदत्त नगरपालिका – १ वस्ने बर्ष १८ को नितेश सुनार दुवै हातमा चोट अवस्था मध्यम , चौराहा अस्पताल वुटवल रिफर गरेको । जि. गोरखा शहिद लखन गा.पा. –७ वस्ने वर्ष ३० को मनोज बि.क. वाहिरि चोट नदेखिएक अवस्था समान्य संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको । दार्चुला शैल्य शिखर न.पा.–३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट नेपाली ढाडमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको । निजको श्रीमतती वर्ष २७ कि रेखा आचार्य शरिरको भित्री भागमा चोट अवस्था सामान्य ।
निजको छोरी वर्ष ३ कि सृष्टि काफ्ले टाउँकोमा चोट अवस्था सामान्य । देश भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन वायाँ खुट्टमा चोट अवस्था मध्यम आधारभुतमा उपचार भैरहेको । ऐ.ऐ. वस्ने वर्ष ५४ को अनिस मनियार शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम । जि. धादिङ सिप्ले गा.पा.–२ वस्ने वर्ष २५ को कृष्ण नेपाली अनुहार र छातिमा चोट अवस्था मध्यम
जि. कन्चनपुर भीमदत्त न.पा. १९ बस्ने बर्ष २० को सुमन बिष्ट अनुहार र ढाडमा चोट अवस्था सिरियस
जि. कन्चनपुर भीमदत्त न.पा. – १ बस्ने वर्ष २० को मनोज सिह धामी निधारमा चोट अवस्थ सामान्य ।
ऐ.ऐ. बस्ने वर्ष २० को अशोक सिंह सामान्य । जि. कन्चनपुर भीमदत्त न.पा. ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल बाहिरी चोट नदेखिएको अवस्था सामान्य । १२. जि. कन्चनपुर भीमदत्त न.पा. १४ वस्ने वर्ष ३३ की गिता कुवर कम्मरमा चोट अवस्था सामान्य ऐ. अस्पतालमा उपचार भई रहेको । निजको छोरा बर्ष १२ को नबिन कुँवर निधारमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।
जि. ओखलढंगाका वर्ष १९ को बिसन भुजेल निधारमा चोट अवस्था समान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।
जि. कन्चन्पुर शुक्लाफाँटा न.पा. ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार निधारमा चोट सामान्य, ऐ. अस्पतालमा उपचार भइरहेको ।
काठमाडौं माहानगरपालिका– ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकार निधार छाति वायाँ हातमा चोट अवस्था मध्यम आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिल वस्तुमा उपचार भईरहेको, ऐ. अस्पतालमा उपचार भई रहेको ।
जि. कन्चनपुर भीमदत्त न.पा. १६ वस्ने वर्ष ५४ की नारायणी थापा ऐ. अस्पतालमा उपचार भई रहेको ।
ऐ.ऐ. १८ बस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा दहिने हात र निधारमा चोट अवस्था मध्यम ।
जि. कैलाली लम्किचुहा न.पा.–१ वस्ने वर्ष २७ की रेखा आचार्य दाहिने खूट्टा र अनुहारमा चोट अवस्था मध्यम
जि. कन्चनपुर भीमदत्त न.पा.–१८ वस्ने वर्ष ४१ की शान्ति सिङ अनुहारमा चोट अवस्था मध्यम ।
जि. कैलाली वर्ष ३२ को गणेश काफ्ले दाहिने खुट्टामा चोट अवस्था मध्यम

dcs 1
Damu 1
dandako khbar 1
Loading...