वन अधिकृत भट्ट विरुद्ध २९ लाख बिगोसहित भ्रष्टाचार मुद्‍दा

धनगढीः सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा हाजिर गर्दै आएका वन अधिकृत कृष्णदत्त भट्टका विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। प्रदेशको वन निर्देशनालयमा निमित्त वन निर्देशक रहेका वेला घुस बार्गेनिङको भिडियो सार्वजनिक भएका भट्टका विरुद्ध मङ्गलवार भ्रष्टाचारको मुद्दा दर्ताभएको हो।

 

Emblem of Nepal - Wikipedia      तुर्माखाद गाउँपालिका अछामको सन्देश

No description available.

सुदूरपश्चिम प्रदेशको संसदीय समितिले मुक्ति दिएका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टविरुद्ध २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा चलेको छ। कपिलवस्तुको गौतम बुद्ध साझेदारी वनमा वैज्ञानिक वन कार्यक्रममार्फत भएको ३७ हजार क्युफिट काठ कटान प्रकरणमा अख्तियारले मङ्गलवार मुद्दा चलाएको हो। राप्रपा लुम्बिनीका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध मुद्दा चलाउँदा भट्ट पनि प्रतिवादी रहेका छन्। उनी २०७४–७५ मा कपिलवस्तुका जिल्ला वन अधिकृत थिए।

भट्ट विवादास्पद डिभिजनल वन अधिकृत (उपसचिव) हुन्। सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक रहेका वेला उनले मातहतका कार्यालयबाट रकम असुली गर्ने गरेको भिडियो गत साउनमा सार्वजनिक भएको थियो। उनले भिडिओमा धनगढीबाट एक लाख, डोटीबाट ५० हजार, कञ्चनपुरबाट ३० हजार, बैतडीबाट १४ हजार तथा अछाम र बझाङबाट २०–२० हजार पाएको बताएका थिए।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...