रामबहादुर देउबा–डोटी ,लगातार दुई दिन देखी परेको अविरल वर्षा सङ्गै असिना पानीले पहाडी जिल्लाहरुमा लगाएको गहुबाली र फलफूल साग तरकारीमा नराम्ररी क्षेति पु¥याएको छ ।
फक्रनै लागेका गहुबाली र फूल्न थालेका फलफूलका वोटबिरुवामा नराम्ररी क्षेति पु¥याएको कृषकहरुले बताउछन । पानी मात्र परेको भएत बोटविरुवा र गहुबालकिा लागि राहत नै हुन्थ्यो पानी सङ्गै परेको असिनाले भने क्षतिपु¥याएको छ ।
आज अपराहन्न करिव चार बजेको समयमा पानी सङ्गै परेको असिनाले डडेल्धुरा बैतडी बझाङ्ग डोटी जिल्लाको सायल बडीकेदार बैतडीको खोड्पे अनारखोली लगाएत उच्च पहाडी भागमा करिब आधा घण्टा जति लामो समय सम्म असिना परेको थियो ।


