टिकापुर सरकरी जग्गा हिनामिना प्रकरणमा नगर उपप्रमुख निलम्बीत

 

 

कैलालीको टीकापुर नगरपालिका उपप्रमुख खडकबहादुर शाह निलम्बित भएका छन् । टीकापुर जग्गा घोटाला काण्डमा अख्तियारले निलम्बन गरी जानकारी गराउनु भन्दै पत्र पठाएपछि कार्यपालिकाले उनलाई निलम्बन गरेको नगरपालिकाका सूचना अधिकारी देवीप्रसाद आचार्यले जानकारी दिए ।   जसमा अख्तियारले शाह सहितका २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । हालका उपमेयर शाह तत्कालीन नगर विकास समितिका बोर्ड सदस्य थिए।

यस अघि कैलालीको टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...