शिक्षक सेवा आयोग बाट सिफरिस भएर आएका शिक्षकले हाजिरी नै लगाउन पाउदैनन्

 

वीरगंज । शिक्षक सेवा आयाेगकाे परिक्षा पास गरि स्थायी न्युक्ति लिएर गएका शिक्षकहरुलाई हाजिर गराउन पर्साका केही पालिकाहरु नमानेकाे गुनासाे प्राप्त भएकाे छ ।

शिक्षक सेवा आयाेगले सिफारिस गरेका शिक्षकहरुलाई शिक्षा विकास तथा समन्वय एकाई कार्यालय वीरगंज, पर्साले न्युक्ति दिएर पठाएका केही शिक्षकहरुलाई पर्साका ३ पालिकाहरुले हाजिर गराउन मानेका छैनन । पाेखरिया नगरपालिका, पटेर्वा सुगाैली गाउँपालिका र ठाेरी गाउँपालिकाले एकाई कार्यालयकाे पत्र नै बुझ्न नमानेकाे नवनियुक्त स्थायी शिक्षकहरुले वताएका छन् ।

एकाई कार्यालयबाट न्युक्ति लिएर पाेखरिया नगरपालिका पुग्दा नगरपालिकाका कर्मचारीले चिठी बुझ्न नमानेकाे गुनाेसाे नवनियुक्त निमावि स्थायी शिक्षक आनन्द कुमार माझीले वताए । उनले शिक्षा शाखा प्रमुख विजय कुमार झाले चिठी नै बुझ्न नमानेकाे गुनासाे गरे ।

अर्का निमावि कै शिक्षिका मनिषा यादवले शिक्षा एकाई कार्यालयबाट न्युक्ति पत्र लिएर नगरपालिका कार्यालय पुग्दा पत्र नै बुझ्न नमानेकाे गुनासाे गरिन । उनले शिक्षक सेवा आयाेगकाे परिक्षा पास गरि न्युक्ति लिएर नगरपालिका पुग्दा पनि फिर्ता पठाएकाे कारण आफुहरु मर्कामा परेकाे वताइन ।

यसैगरी ठाेरी गाउँपालिकाले पनि पदास्थापन गर्न नमानेकाे गुनासाे निमावि तह कै अर्का शिक्षक महेन्द्र काेइरालाले वताए । उनले ठाेरी गाउँपालिकामा खाली दरबन्दी नरहेकाे भन्दै गाउँपालिकाका कर्मचारीले एकाई कार्यालयबाट ठाेरीकाे चिठी नै नबुझ्न भनिरहेकाे वताए । न्युक्ति पत्र लिएर ठाेरी गाउँपालिका पुगेकाहरुलाई समेत फिर्ता पठाएकाे उनले वताए ।

यसैगरी पटेर्वा सुगाैली गाउँपालिकाकाे लागि न्युक्ति पत्र लिएर पुगेका शिक्षकहरुलाई पनि गाउँपालिकाले हाजिर र पदास्थापन गराउन नमानेकाे नवनियुक्त शिक्षकहरुले वताएका छन् । यस्ता समस्याहरु पर्सा कै अन्य पालिकामा पनि रहेकाे उनीहरुकाे भनाई छ ।

पर्साका सबै पालिकाहरुमा शिक्षक अभाव छ । शिक्षककाे माग गर्दै पटक पटक अधिकांश पालिका अन्तर्गका विद्यालयका विद्यार्थीहरु आन्दाेलित समेत हुँदै आएका छन् । तर पनि शिक्षक सेवा आयाेगले सिफारिस गरेका शिक्षकहरुलाई स्थानिय तहहरुले हाजिर नगराउनु नियत ठिक नभएकाे स्थानियहरुले वताएका छन् ।

पालिकाहरुले शिक्षक माग गरे अनुसार नै शिक्षक सेवा आयाेगले सिफारिस गरेका शिक्षकहरुलाई न्युक्ति दिएर पदास्थापनकाे लागि विभिन्न पालिकामा शिक्षा एकाई कार्यालयले पठाएपनि पालिकाहरुले पदास्थापन गर्न नमानेका कारण नवनियुक्त शिक्षकहरु मर्कामा परेका छन् ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...