केन्द्रमा कांग्रेस–माओवादीसहितको गठबन्धन भत्किएसँगै सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । केन्द्रकै सत्ता समीकरण अनुसार बनेको सुदूरपश्चिम प्रदेश सरकार केन्द्रमा गठबन्धन फेरिनासाथ संकटमा पुगेको हो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ सदस्य छन् ।
नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद छन् ।
यहाँ बहुमतका लागि कम्तीमा २७ जना सांसदको समर्थन आवश्यक हुन्छ ।
नयाँ समीकरण अनुसार माओवादीको ११, एमालेको १० र नागरिक उन्मुक्तिको ७ गरी २८ जना सांसदको समर्थन जुट्छ ।
अर्कोतिर कांग्रेस, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी मिलेर पनि सरकार गठन गर्ने आधार देखिन्छ ।
कांग्रेसको १८, नागरिक उन्मुक्तिको ७ र एकीकृत समाजवादीको ४ गरी २९ सांसदको समर्थन जुट्छ ।


