गोरखा नगरपालिकाको बिहीबार भएको नगरसभाको १३ औ अधिवेशनमा प्रतिवेदनहरुमाथि छलफल नगराएको भन्दै उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन्
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डोटी द्वारा जारी सन्देश

कार्यसूची बमोजिमका विषयमा निर्णायार्थ प्रस्ताव गर्दै हुन्छ वा हुन्न भन्ने शब्दहरुको अल्पमत बहुमतको समेत ख्याल नगरी नगरसभा सदस्यहरुको आवाजलाई बेवास्ता गरी कार्यसूचीमा प्रस्तुत भएका दफाहरु एकलौटी ढंगबाट स्वीकृत भएको घोषणा गर्दै नगर सभा अन्त्य भएको घोषणा गर्नुभयो’ विज्ञप्तिमा भनिएको छ ।
कार्यसूचीहरुमा छलफलको समय माग गर्दा सभा अध्यक्ष नगर प्रमुख कृष्णबहादुर राना र प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर सुवेदीले समय नदिएको र प्रमुख प्रशासकीय अधिकृतको भूमिका समन्वयकारी नभएको कांग्रेसका जनप्रतिनिधिहरुको भनाइ छ । उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतको व्यवहारप्रति आपत्ति जनाएका छन् ।
‘


