दार्चुला — दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको बेला अज्ञात समूहले आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अधिकारी सुतिरहेको अवस्थामा शक्रबार राति अज्ञात समूहले ढुंगामुढा र आगजनी गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारी सुतिरहेको सरकारी आवासमा राति अन्दाजी १:४५ बजेको समयमा ढुंगा प्रहार गरेको र आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिए । ‘उहाँ सुतिरहेको अवस्थामा झ्यालबाट ढुंगामुढा भएर आगजनी गरेको विवरण आएको छ । त्यस विषयमा अनुसन्धान भइरहेको छ ।


