चारैतिर कोश परेको धन्न गिरीचौका
तेरी कोल खेल खेलन्या आजै पर्यो मौका
लेखकः भरतरोदन अधिकारी
निमन लाटा तेडी मन्ठा अशंखी झलल्या
सपड्या झिर्कुल्या मेरो बिगड्या खुर्मुल्या
चौंसठ्टीको भोग खान्या धन्य डांडाबाग
मेरा पिरतीमा पराइ जनपडौ भाग
माथि छ तेडीको धाम तली बुडाकोट
को लाइदेला मलम पट्टी हृदयका चोट
तल बग्न्या साइलीगाड माथि तामाकिर
साइसुवा नदेख्दासम्म मन्मा लाग्दी पिर
पारिकी दुरुगादेवी वारि तेडीदेव
साइकोमेरो मायाजाल कैल होला एक।
दाइना भया तेडी धडी दाइनी भेइ दुरुगा
तु सुवा सम्झेका बेला मन हुन्छ हुरुक्क।कठैकठ


