बचत कर्ताको रकम फिर्ता नगरी फरार हुने शिवशिखर सहकारीका कर्मचारी पक्राउ

शिवशिखरको शाखा कार्यालय महेन्द्रनगरमा कार्यरत ४ जना कर्मचारीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सहकारीमा कार्यरत गीता शर्मा, केदारनाथ शर्मा, पुस्कर मल्ल र अमिसराज भण्डारी रहेका छन्।

पक्राउ परेका ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुले आफुले जम्मा गरेको रकम सहकारीका कर्मचारीले हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेका थिए।

सहकारी विरुद्ध कञ्चनपुरका तीन हजार ६ सय ७१ जना बचतकर्ताले मुद्दा दर्ता गराएका छन्।

dcs 1
Damu 1
dandako khbar 1
Loading...