प्रमुख प्रशासकीय अधिकृत आफैले सरकारी निवासमा आगजनी गरेको खुलासा

 

दार्चुलाः दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीले आफैले आगजनी गरेको खुलासा भएको छ।

फागुन २४ गते राति दार्चुलाको मार्मा गाउँपालिका परिसरमा प्रमुख प्रशासकीय अधिकृतको निवासमा आगजनी र ढुंगामुढा प्रहारको घटना भएको थियो।

सुरुमा अज्ञात समूहबाट गरिएको भनिए पनि प्रहरी अनुसन्धानबाट प्रमुख प्रशासकीय अधिकृत आफैले आगजनी गरेको खुलेको हो।उनलाई ५ गते जिल्ला अदालतमा उपस्थित गराइ ७ दिनको अनुसन्धान म्याद लिइएको सिंहले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत अधिकारी आफैले आगजनीको घटना गराएको निस्कर्षमा प्रहरी पुगेको छ।  सरकारी निवासमा आफैले आगजनी गरेको अभियोगमा उनलाई प्रहरीले आइतवार पक्राउ गरेको छ।

अधिकारी विरुद्ध आइतवार गाउँपालिकाले प्रहरीमा निवेदन दर्ता गराएपछि उनलाई सोही दिननै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रवहादुर सिंहले बताए।  

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...