डोटीमा माटोको ढिस्कोले पुरिदा एक महिलाको मृत्यु तीन बच्न सफल

 

डोटी जिल्लाको  शिखर नगरपालिका वार्ड नं. ९ जिजौडामाण्डौमा माटो खन्ने क्रममा एक महिला पुरिएकी छन् ।  जिजौडामाण्डौंको छोयाकी २१ वर्षकी निर्मला रोस्यारा माटो खन्दा खन्दै बनेको सुरुङ भित्र च्यापिएको अवस्थामाफेला परेकी हुन ।
माटोको ढिस्कोले च्यापिदा उहाँको घटना स्थलमा नै निधन भएको हो । शनिवार दिउँसो करिब साढे तिन बजे तिर रातो माटो खन्ने क्रममा निर्मला च्यापिएकी थिइन ।
उनीसँगै माटो खन्ने तिन जना महिला भने सकुशल बाहिर निस्कन सफल भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए ।

 

dcs 1
Damu 1
dandako khbar 1
Loading...