संघियताले डोटीलाई दिएको उपहार अर्बौ लगानी लागेका सरकारी भवन रितै

संघियताको मुल मर्म भनेको नै केन्दिकृत शासन व्यवस्थालाइ ृविकेन्दिकरण गरी जनस्तरका समस्या स्थानीय स्तरमा नै समाधान गराउनु हो । यही मुल मर्म लिएर नै हजारौ यूवाजनलहरले रगतको खोलो बगाएर नै संघियता आएको हो । तर पहाडी जिल्लाको सन्दर्भमा भने नेपालको संघियता कागलाई बेल पाक्यो हर्षनविष्मात भने झै पोे देखिन थालेको छ ।

भैेगोलिक रुपमा डोटी पायःगरी सबै जिल्लाका लागि पायक पर्ने स्थान र इतिहासको गौरव गाथा बोकेको जिल्ला हुदाहुदै पहाडी सात वटै जिल्लालाई अपमान र असहझ हुने गरी सुदूरपश्मिको राजधानी तराईका जिल्लामा राख्ने जुनखालको निर्णय भयो यसले देशलाइ थप आर्थिक भार त थप्ने नै भयो अर्को तिर पहाडीक्षेत्र बाट अव्यवस्थित तरिकाले बसाई सर्ने जुन खालको प्रवृति देखा परेको छ त्यसलार्ई झन टेवा पग्ने भयो ।

यता बनिबनाउ रहेका संरचना रित्तै उतातिर अर्बौको लगानी लगाएर देशलाई विदेशी ऋणको भारी बोकाउने गरी आएको संघियता जनजीबनको लागि नआएको प्रष्टै छ । जबजब चुनाबी सरगर्मी आउछ तब तब जो कोही नेताहरुको मुखमा डोटी नै प्रदेशको राजधानी भनेर अन्यकौ प्रकारका प्रलोभन देखाउनमा उनीहरु पछि पर्दैनन ।seti sabha hall

शक्ति र सत्तामा पुगे पछि डोटी सुदूर पश्मिको राजधानी कायम गरिनुत कहाँ हो कहाँ उल्टो भएका सरकारी कार्यालयहरु समेत एक पछि अर्को गरी धमाधम तराई तिर सार्ने र पहाडी सात वटै जिल्लाको मर्म र भावना माथि नै चोट पुग्ने गरी जुन खालको प्रवृति हावि भयो त्यसले कालान्तरमा देशलाइृ घाटा हुने प्राय निश्चित नै छ । तराईको जमिन अन्नको भण्डार हो तर अन्न उब्जनी हुने क्षेत्र भौतिक संरचनाले घेरे पछि खाध्य संकटले झन बिकराल रुपलिने निश्चित जस्तै छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...