अछाममा ट्याक्टर दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु

अछामः अछाममा ट्याक्टर दुर्घटना भएको छ।   जिल्लाको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा आज (सोमबार) भएको ट्याक्टर दुर्घटनामा परेर तीन जना घाइते भएका छन्। शोडषाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१–००२ त ४९७९ नम्बरको ट्याक्टर सोमबार बिहान सुयडी नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका प्रहरी निरीक्षक साउदले बताए। मृतक र घाइते वडका बासिन्दा हुन्। घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

ट्याक्टर दुर्घटनामा परेर मेल्लेख गाउँपालिका–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले बताए।

dcs 1
Damu 1
dandako khbar 1
Loading...