रामबहादुर देउबा –डोटी , २०६१ साल फागुन महिनाको१० गत ेहालको चौरपाटी गाउपालिका दुनी भन्ने स्थानमा तत्कालिन समयको द्धन्दरथ पक्ष र राज्य पक्षको गोलि प्रहार बाट द्धन्दरथ पक्षको एक जनाको मृत्यु भए पछि अछाम र डोटी जिल्लाको सीमानामा सन्नाटा छाएको थियो ।
प्रभातको समयमा चिसोको कारणले हातमा चियाको गिलास समातेर कुर्चिमा बसेर एकाबिहानै चिया खाइरहेका थिए जहर सिह बोगटी । अछाम जिल्लाको दुनी भन्ने स्थानमा द्धन्दरत पक्षको कार्यकर्ता राज्यपक्ष बाट मारिए पछि जहर सिह बोगटीलाई तत्कालिन समयको द्धन्दरत पक्षका कार्यकर्ताले शंकाको आरोपमा जहरसिह बोगटीलाई तपाइको पानकिो मुहान बिग्रेको छ आउनुहोस हामी सबै मिलेर बनाइदिन्छौ भनेर जङ्गल तिर लगेका रहेछन् ।
जब जङ्गलको बीच बाटोमा पुगे त्यस पछि दुबै हात पछाडी फर्काएर बाधिए पछि आखामा पट्टी बाधेर अछामको रामारोशन भन्ने स्थानमा कुट्दै लगेको पीडित बोगटीले बताए । म साधारण चियापसलको व्यापारी मात्र थिए ।
साझ बिहानको समयमा चियाबेचेर जीवन निर्वाह गरिरहेको मात्र थिए । यदी मैले पहिले नै राज्य पक्षलाई सुराकी गरेको भए म पहिले नै भागि सक्थ्ये । मनिर्दोष छु मलाई केनै गर्लान भनेर चियाको पसलमा बसिरहेको थिए बोगटीले भने ।
वास्विकता नै नबुझेर मलाई ३१ दिन सम्म हात खुट्टा बाधेर मरणासन्न हुनेगरी तत्कालिन समयको द्धन्दरत पक्षले पानी समेत खान नदिएर कुटपीट गरेर राखेको बोगटी आखा भरी आसु झार्दै बताउछन ।
पछि मरिसक्यो भनेर जङ्गलको छेउमा छोडेको थियो । अब जीबनको अन्त्य नै हुने भयो भनेर सोचिरहेको बेला उहाको सालो नाता पर्ने खोज्दे त्यो ठाउमा आइपुग्नु भएको रहेछ , पछि सालाले उद्धार गरेर घरमा ल्याउनु भएको रहेछ । चरम यातना दिएको कारणले उहाको चेतनामा खलबली त्यो बेला देखि नै भएको उहाकी श्रीमतीले बताउनु भयो ।
चिया बेचेर जेनतेन गरि जीविका चलाइरहेका थियौ निर्दोष मानिसलाई फसाएर जीवन भरको अपाङ्ग बनायो बोगटीले भने । मलाई कुटपीटमात्र गरेनकी चियाबेर कमाएको चारलाख रुपैया समेत लुटेर लगे ।
अब भाडामाझेर कमाएको त लगि हाले मलाई लगेर केगर्लान भनेर ढुक्क सङ्ग बसेको थिए अन्तमा जीबनभरको अपाङ्ग बनाएर छोडे पीडितबोगटीलेगहभरि आसुका ढिका टिल्पीलाउदै भने । यस्तो अवसथा बनाएर छोड्नु भन्दा उतिबेला नै मारिदिएको भए सायद आन्द नै हुन्थ्यो उहाले भने ।
हाल उहाको अवस्था ज्यदै नै नाजुक रहेकाले बेलाबेलामा भारतको बरेली गए। नसाको औषधीको भरमा मात्र बाचेको बताउ छन । उपचारको क्रममा करिब १२ देखी १४ लाख ऋणसाट गरेर खर्च भएको बताउछन ।
सह्योगको नाममा नेपाली काग्रेशका नेता बीरबहादुर बलायर मन्त्रि भएको बेला दुईलाख मात्र पाएको पीडित बोगटीले बताए । त्यो दुइलाखको सट्टा मेरो उपचार गरिदिएको भए बरु भाडामाझेर भए पनि सहझ तरिकाले बाच्न त पाउथ्ये उहाले भने।
राष्ट्रिय मानव अधिकार आयोगले पनि उहालाई शारिरीक र मानसिक यातना दिएको पुष्टि गर्दै उहाको औषधी उपचार र क्ष्यतिपुर्ति बाफत रु ३लाख उपलब्ध गराउनु भनेर सिफारिस गरेको भएता पनि रु २लाख मात्र पाएको बोगटीले बताए । राष्ट्रिय मानब अधिकारआयोगले गरेको सिफारिस हेर्नुहोस । साढेको जुधाइमा बाच्छाको मिचाइमा झै परेका बोगटी अहिले जिवन बाच्नु न मरणको दोसाधमा रहेका छन ।


