रित्तिदै गाउघर छन उजाडीदै बस्ति छन । खै के गरेर स्वागत गरौ नयाँ वर्ष ।

 

                                                                                                                लेखकः– रामबहादुर देउबा

फेरिए भित्ते पात्रो अनि पन्नाहरु
तर फेरिएनन समस्या जिउकातिउ उस्तै छन ।

कसरी स्वागत गरौ नयाँ वर्ष यो पुरानो अनि सदाको उस्तै
तिमी एका बिहानै टुपलुक्क गरी त आइपुग्छौ पक्क थाहा छ

यूवाजमात रोजी र रोटी खाज्न हिजो भन्दा आज विदेशिन बढी नै बाध्य छन ।
यो बेला तिमी आएको र नआएकोमा के नै फरक भयो र नयाँ वर्ष ।

यहाँ यूवाजमातले देश नछोडेको र आखा ओभानो नबनाएको कुनै पल नै छैन
यता तोतेबोलिमा बालक साइनो गर्न खोज्दै छ

तिमी आउना त आयौ नया वर्ष ।                        Emblem of Nepal - Wikipedia  स्वास्थ्य कार्यालय बैतडीको सन्देश 

यहाँ रोग भोग अनि गरिबी उस्तै छ ।No description available.

उता विरानो भूमीमा बाबा प्राण हत्केलामा राखेर
केवल मातृभूमीको यादमा बर्बती नयन भिजाउन विवशछ ।

कोही मात्र जिउदो भएर आउछन
कोही काठको बाकसमा चीरनिन्द्रा लिएर यस्तो बेलामा

तिमी आएको खै कसरी महसुस गरौ नयाँ वर्ष ?
तिमी अएको महसुस भित्तेपात्रो फेर्दा अनि तिथी मिति हेर्दा आए कैरहेछौ ।

तथानामको अन्यकौ शासन व्यवस्था भन्छन ।
चुहिने छानो अनि धुलाम्मय सडक उस्तै छ ।

रित्तिदै गाउघर छन उजाडीदै बस्ति छन ।
खै केगरी स्वागत गरौ नयाँ वर्ष ।

उचित औषधीमूलो नपाउदा कयौ छटपटाइरहे छन ।
एकछाक समेत पेटभरी खान नपाएर कयौको विजोग छ

शिशिरे आयमको जाडोले कयौ बालक कठ्याङ्ग्रीय छन ।
शिक्षा दिने नाममा शिक्षाका दोकान मौलाइरहेछन ।

                         शिक्षामा नै वर्गछुटिने यो व्यवस्थामा
खै कसरी स्वागत गरौ नयाँ वर्ष ?

आज एकले ठेक्का पायो सडक बनायो हप्तादिन नपुग्दै उप्कीयो
भोली अर्काले ठेक्का पायो वर्षै वितिसक्दा समेत पुल बनेन

कागजमा सब ठीकठाक छ नयाँ वर्ष व्यवहारमा रित्तो अनि खोष्टोको बेला
अनि म के भनौ नयाँ वर्ष ?

उही कथा उही व्यथामा मैले त चिनिन त नयाँ वर्ष ।

के गरेर सम्झाउ तिमीलाई
रुप फेरेर आउन है नयाँ वर्ष

dcs 1
Damu 1
dandako khbar 1
Loading...