एक लुट्छ छोड्ने नाममा ढल्छ
अर्को उठ्छ लुट्न तयार हुन्छ
देखावटी रुपमा देश बनाउन
तमतयार भै जोडघटाउ बनाउन
आखिर यो लु६्ने र ढल्ने खेलमा
जनतामा निराशाको कालो बादल मडारिदा
कोही भए सच्चा सपुत उठ देश बनाउनमा
जनताको मतको अवमुल्यन गरी
देशलाई जर्ज गरिबीमा धकेली
यो बेलामा कोही भए सच्चा सपुत उठ देश बनाउनमा सर्जकः–रामबहादुर देउबा
नाम सुन्नै मान्दैनन् अब जनता
यो भन्दा बढी घृणा अरु के नै होला
भन्छौ कायापलट नै भयो रे देशमा
दिनप्रतिदन गुजर्दै छ देश परनिर्भर्तामा
यूवा सबै पलायन गरायौ
देश खोक्रो र रित्तो बनायौ
फेरी भन्छौ दम्भ गरी देश कायापलट भयो
यूवा सबै पलायन गरी देश खोक्रो बनायौ


