खाना पकाउने ग्याँस चुहिएर आगलागि हुदा बझाङ्ग घर भएका पाँच जनाको भारतमा मृत्यु

 

भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास लिक हुँदा जलेर  मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।  बझाङको जयपृथ्वी नगरपालिकाका-११ सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए ।मदन र उनकी छोरी निता बोहराको पनि मृत्यु भएको छ ।

Emblem of Nepal - Wikipedia       मष्टा गाउँपालिका बझाङ्ग द्वारा जनहितमाजारी सन्देश

No description available.

यो सँगै मृत्यु हुनेको संख्या पाँच पुगेको छ । भारतको कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा उक्त दुर्घटनामा भएको थियो ।  ३२ वर्षीय मदनको आइतबार राति र उनकी छोरी ११ वर्षीया निताको सोमबार बिहान मृत्यु भएको हो । उनकी श्रीमती ३० वर्षीया प्रेमजलाको शनिबार साँझ मृत्यु भएको थियो । यसअघि उनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको सोही दुर्घटनामा परी मृत्यु भइसकेको छ । उनीहरू सबैको स्थानीय भिक्टोरिया अस्पतालमा उपचार भइरहेको थियो ।

Emblem of Nepal - Wikipedia यातायात व्यवस्था कार्यालय डोटी द्वारा जारी सन्देश 

 सवारी साधनको क्षमता भन्दा बढी भार नराखँौ । सवारी चलाउनु पुर्व साधनको प्राविधिक जाँच अनिवार्य रुपमा गरौ । स–सानाबालबालिका तथा पशुचौपायाहरुलाई सडकमा नछोडौ । हरेकघुम्तीमा सवारी साधनको गति सीमित गरी हर्न अनिवार्य रुपमा बजायौँ । नेपालको कानुनले बर्जित गरेका सामानको ओसार पसार नगरौ । सवारी चलाउदा जहिले पनि आफ्नो क्षेत्रतिरमात्र चलाऔँ । सडक छेउमा निार्मणका सामाग्री नराखौ । सवारी दुर्धटना बाट बचौ र बचाऔँ ।

गत बुधबार राति ११ बजे तिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस विस्फोट भएको थियो । घटना लगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो । झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगो सल्केर बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए ।  न्यून आर्थिक अवस्थाका ३२ वर्षीय मदन गाउँमा जिविका चलाउन गाह्रो भए पछि विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...