दार्चुलाको लेकमबाट धनगढीका लागि छुटेको जिप डोटीको बुडरमा दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर तीन वर्षीया रितिका सार्कीको मृत्यु भएको छ भने अर्का मृतकको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा ७ जना घाइते भएका छन्।
जयपृथ्वी नगरपालिका बझाङ्ग द्वारा जनहितमाजारी सन्देश

सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप बुधबार बिहान बुडर नजिकै दुर्घटना भएको हो।दुर्घटनामा ज्यान गुमाएको परिचय भने खुल्न बाँकी छ। चालकसहित ७ जना घाइते भएका छन्। ।त्यस्तै डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी–६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका–४ की ६० वर्षीया मानमति धामी घाइते भएका छन्।
स्वास्थ्य कार्यालय बझाङ्ग द्वारा जनहितमाजारी सन्देश
घाइते ८ जनामध्ये ४ जनालाई बढी चोट लागेको र ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। विहान ५ बजे घाइतेहरुको उद्धार गरेर निसर्ग अस्पताल धनगढीमा पठाएको उनले बताए। इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायव निरीक्षक धनञ्जयकुमार मल्लका अनुसार घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–५ का १९ वर्षीय चालक बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका–६ का ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिश पार्की र उनकी श्रीमती २६ वर्षीया भावना ओड पार्की रहेका छन्


