यस वर्षको मनसुन सरदर भन्दा तीन दिन अघि नै नेपाल भित्रियो

यस वर्षको मनसुन नेपाल भित्रिएको छ । सरदर मितिभन्दा तीन दिन अगाडि नै  आजबाट मनसुन नेपाल भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोसी प्रदेशमा केन्द्रित रहेको मनसुन क्रमिक रूपमा देशका अन्य भेगमा फैलिँदै जाने  महाशाखाले जनाएको छ ।

Emblem of Nepal - Wikipedia    सामाजिक विकास कार्यालय डोटीको सन्देशNo description available.

नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने गर्दछ । तर यो तालिका सधैँ यही भने नहुने महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशको उत्तर पश्चिम भूभाग, बागमतीको दक्षिण पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोसी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

Government Of Nepal png images | PNGWingकृषी ज्ञान केन्द्र बैतडीको सन्देश 

No description available.

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज कोसी प्रदेशमा मनसुन भित्रिए पनि नेपालको सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्ने बताउनुभयो । काठमाडौँ उपत्यकासहित पश्चिम तराईका भूभागमा नियमित पानी नपर्दा गर्मी  बढेको छ । पूर्वी नेपालमा मनसुन भित्रिए पनि पश्चिमतिर तातो हावाको लहर चलिरहेको र अझै केही दिनसम्म पश्चिम तराइमा तातो हावाको लहर चलिरहने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले जेठ २८ गतेसम्म तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन यसअघि नै आग्रह गरिसकेको छ ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...