अछाम । खच्चड हिँडाउँदा जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ ।
प्राविधिक नापजाँच, मूल्याङ्कन एवं परीक्षण नगरी उक्त पुलबाट मानिस आवतजावत गर्न जोखिम युक्त हुँदा तत्कालका लागि पुलको दुवै प्रवेश स्थानमा तारजाली लगाइपुल प्रयोगमा रोक लगाइएकोले तत्कालका लागि पुल प्रयोग नगर्न अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले अपिल गरे ।
अछाम जिल्लातर्फ चण्डीका मावि र दैलेखतर्फ प्रि नर्सरी स्कुलमा अध्ययनरत विद्यार्थी हरुलाइ आवतजावतमा समस्या भइ सोही पुलबाट जोखिमपूर्ण तरिकाले हिँड्डुल गरिरहेकाले पुनः कुनै खालको अप्रिय घटना नहोस् भनेर सो पुलबाट आवतजावत नगर्न अनुरोध गरेका गरिएको हो ।
जीर्ण पुलको तत्काल मर्मतका लागि सोही स्थानबाट करिब दुई सय मिटरको हाराहारीको पञ्चदेवल विनायक नगरपालिका–९ ओदल्ताडा र दैलेखको आठबिस नगरपालिका–४ को नैनेलमाडु जोड्ने गरी निर्माणाधीन कर्णाली नदीको नयाँ पुल यथा शीघ्र निर्माण गरी सञ्चालनमा ल्याउन गृह मन्त्रालय र अन्य सम्बन्धित निकायलाई आवश्यक पहलका लागि जानकारी गराइएको प्रजिअ लम्सालले बताए ।
सामाजिकविकास कार्यालय्र बैतडीको सन्देश
सवारी साधनको क्षमता भन्दा बढी भार नराखँौ । सवारी चलाउनु पुर्व साधनको प्राविधिक जाँच अनिवार्य रुपमा गरौ । स–सानाबालबालिका तथा पशुचौपायाहरुलाई सडकमा नछोडौ । हरेकघुम्तीमा सवारी साधनको गति सीमित गरी हर्न अनिवार्य रुपमा बजायौँ । नेपालको कानुनले बर्जित गरेका सामानको ओसार पसार नगरौ । सवारी चलाउदा जहिले पनि आफ्नो क्षेत्रतिरमात्र चलाऔँ । सडक छेउमा निार्मणका सामाग्री नराखौ । सवारी दुर्धटना बाट बचौ र बचाऔँ ।
दुवै जिल्लाका स्थानीय प्रशासन र स्थानीय तहहरूको समन्वयात्मक प्रयासमा अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–९ को ओदल्ताडा र दैलेख जिल्ला आठबीस नगरपालिका–४ को नैनेलमाडुमा निर्माणाधीन उक्त नयाँ झोलुङ्गे पुल १५ दिनभित्र सम्पन्न भई सञ्चालनमा ल्याउने गरी कार्यअघि बढेको र जीर्ण पुलको मर्मतको तयारीका लागि अछामबाट प्राविधिक कर्मचारीको टोली मिति जेठ २८ गते नै उक्त स्थानमा पुगी पुलको प्रारम्भिक निरीक्षण र नाप जाँच गरिसकेको छ ।
पुलको लट्ठा चुँडिएपछि पञ्चदेवल विनायक नगरपालिका–९ का चिल्ताडा, भाटगाउँ, भानाकोट, तामकोट, राकुलगायत बस्तीको नजिकको बजार खिड्की जीउँला र राकम रहेकाले त्यस ठाउँका नागरिकलाई आवतजावतसँगै दैनिक उपभोगका सामान ढुवानीमा समस्या भएको छ ।
रासस



