माओवादी सांसद लेखनाथ दाहालले गरिबहरूको मात्रै उपचार गर्ने गरी ‘विपन्न नागरिक अस्पताल’ खोल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारी अस्पतालमा समेत पहुँचवालाकै वर्चश्व रहेकाले विपन्न नागरिक अस्पताल अपरिहार्य रहेको बताए।विपन्न नागरिकहरूलाई गरिबी परिचयपत्र वितरण गर्ने र उनीहरूका लागि निःशुल्क उपचारको व्यवस्था गर्न विपन्न नागरिक अस्पताल खोल्ने र विपन्न नागरिकलाई मात्रै त्यो अस्पतालमा उपचार गर्ने व्यवस्थाका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु,’ बैठकमा सांसद दाहालले भने।
खानेपानी तथा सरसफाई कार्यालय्र बैतडीको सन्देश

विपन्न नागरिकहरूलाई गरिबी परिचयपत्रको व्यवस्था गरी त्यसैको आधारमा विपन्न नागरिक अस्पतालमा उपचार पाउने अवस्था बनाउन उनले माग गरे।
‘


