पूर्वमा वाढीका कारण पाच जनाको ज्यान गयो पश्च्मिा सहनै नसकिने प्रचण्ड गर्मी

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका विभिन्न स्थानमा बिहीबार दिउँसो गएकाे बाढी र पहिरोले काठे पुल तथा ग्रामीण सडक बगाएकाे छ। पालिका क्षेत्रमा

                              Emblem of Nepal - Wikipedia डिभिजन वन कार्यालय अछामको सन्देश

No description available.

Emblem of Nepal - Wikipediaकृषी ज्ञान केन्द्र बैतडीको सन्देश
No description available.

मनसुनजन्य विपद्ले यातायात अवरुद्ध हुने समस्याले हैरान पारेपछि अवरोध हटाउन पालिका अध्यक्ष राजन (मुक्ति) लावुङ, उपाध्यक्ष रवीन साम्रा (विकास) सहित फक्ताङ्लुङ गाउँपालिका जनप्रतिनिधि आफैं लागि परे।

Emblem of Nepal - Wikipedia सामाजिक विकास कार्यालय बैतडीको सन्देश

No description available.

सडक अवरुद्ध भएको केही समयपछि खटिएको टोलीले शुक्रबार दिउँसोसम्ममा अवरुद्ध सडक खुलाई यातायात सेवा सञ्चालन गर्ने योजना बनाई यस कार्यमा लाग्न सबैलाई आह्वान गरेको थियो। तर पालिका उपाध्यक्ष साम्रा आफैं विपद्मा मात्र परेनन्, आफ्ना बाबु, आमा(कान्छी) र दुई बहिनीसमेत गुमाउन पुगे।

साम्राको खेजेनिम तिङ्दुस्थित घर बिहीबार राति पहिरोले बगाउँदा उनका ७० वर्षीय बुबा रामबहादुर साम्रा लिम्बू, उनकी कान्छी आमा ५० वर्षीया जसमाया लिवाङ साम्रा लिम्बु र १० वर्षीया जुम्ल्याहा बिहिनी गंगा र जमुनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार साम्राको घरभन्दा करिब दुई सय मिटर माथिदेखि झरेको पहिरोले घर बगाउँदा लिम्बु दम्पती र छोरीहरूको घटनास्थलमै मृत्यु भएको हो।

पहिरोमा परी सख्त घाइते खेजेनिमकै योगेन साम्राकी ३ वर्षीया छोरी निशा साम्राको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। योगेन आफैं पनि घाइते छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको फक्ताङ्लुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौंलागाईंले जानकारी दिए।

जिल्ला विपद् व्यवस्थापन समितिले भने शुक्रबार एक विज्ञप्तिमार्फत जेठ ३० पछि ताप्लेजुङमा बाढी र पहिरोका कारण पाँच जनाको मृत्यु र दुई जना घाइते भएको जनाएको छ। गत ३० गते पहिरोले पुरिएर यहाँको सिरिजङ्गा गाउँपालिकास्थित निर्माणाधीन काबेली तेस्रो जलविद्युत् आयोजनामा कार्यरत फिदिम नगरपालिका– १४ लुङरूपा घर भएका २५ वर्षीय सविन राईको मृत्यु भएको छ।

उनी आयोजना स्थलमा सञ्चालित ट्र्याक्टरका सहचालक थिए। जलविद्युत् योजनास्थल सिरिजङ्गा गाउँपालिका–७ खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे१त ७९६९ नम्बरको ट्र्याक्टरलाई सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थलमै मृत्यु भएको थियो।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार जेठ ३० गतेयता बाढी तथा पहिरोले दुईवटा घरमा पूर्ण क्षति भएको छ भने दुईवटा काठका मोटरेवल पुल पहिरोले बगाएको छ। एउटा क्रसर उद्योग उच्च जोखिममा रहेको र एउटा बाख्रा फर्म पहिरो बगाउँदा ५५ वटा पशुचौपाया मरेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

पहिरोबाट प्रभावितलाई स्थानीय र आफन्तकोमा सुरक्षित स्थानान्तरण गरिएको ताप्लेजुङका प्रहरी प्रमुख रवि रावलले जानकारी दिए। यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको आकस्मिक बैठकले जोखिमयुक्त परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल गर्ने, विपद् प्रभावित घरपरिवारलाई प्रभावकारी तबरले तत्काल राहत उपलब्ध गराउनेसहितका १६ बुँदे निर्णय लिएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले पहिरो गएका स्थानमा सबै सुरक्षा निकाय तथा विपद्विरुद्ध लड्ने सबै सरोकारवालाको सहभागितामा स्थानीय समुदायसँग मिलेर क्षतिको पूर्ण विवरण संकलन गर्ने निर्णय गरेको छ।

बैठकले बाढीपहिरोबाट खानेपानी दूषित हुने र दूषित खानेपानीका कारण हैजा र झाडापखालाजस्ता महामारी फैलन सक्ने भन्दै खानेपानी शुद्धीकरण तथा सचेतनाका कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय लिएको छ। बैठकले बाढीपहिरोबाट हालसम्म भएको क्षतिको पूर्ण विवरण गरी राहत तथा पुनर्निर्माणका लागि गृह मन्त्रालय र कोसी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अनुरोध गर्ने निर्णयसमेत गरेको छ।

dcs 1
Damu 1
dandako khbar 1
Loading...