डोटीको शिखर नगरपालिकाले मिडियालाई मात्र २१ लाख ७४ हजार ३०८ रकम भुक्तानि दिएको खुलेको छ। उक्त नगरपालिकाले आर्थिक वर्ष २०७९÷२०८० मा विभिन्न मिडियालाई २१ लाख बढी रकम भुक्तानि दिएको महालेखापरिक्षकको प्रतिवेदनले देखाएको छ।
डिभिजन वन कार्यालय डडेल्धुराको सन्देश

आर्थिक कार्याविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २४ (२) मा सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल प्राप्त हुने र प्राप्त प्रतिफलको उचित गुणस्तर समेत कायम हुनेगरी मितव्ययी तरिकाले गर्नुपर्ने व्यवस्था छ।
त्यस्तै विज्ञापन (नियमन गर्ने) नियमावली,२०७७ (पहिला संशोधन समेत) को नियम ६ (क) को उपमनियम (२) मा सरकारी निकाय वा कार्यालयले सूचना तथा विज्ञापनको रकम भुक्तानी गर्दा सिधैसञ्चार माध्यम मार्फत कारोबार भएको भए सञ्चारमाध्यमले जारी गरेको बिलबमोजिम तथा विज्ञापन एजेन्सीमार्फत विज्ञापन गरेको भए सञ्चार माध्यमले जारी गरेको बिलको प्रतिलिपिसहित एजेन्सीको सेवा शुल्क खुल्ने बिलको आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ।त्यस्तै सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन,२०७५ ले खर्चको उपादेयता स्थापित नगरी खर्च नगर्ने, सञ्चार खर्चमा अत्यन्त मितव्ययिता अपनाउने उल्लेख गरिएको छ। तर शिखर नगरपालिकाले उक्त नीति नियमको बेवास्ता गर्दै लाखौँ रकम मिडियालाई भुक्तानि दिएको छ।
पालिकाले मिडीया तथा एजेनसीहरुसँग सम्झौता नै नगरी भुक्तानी गरेको, कतिपय भुक्तानीमा सम्झौता गर्न आवश्यक पर्ने संस्था दर्ता, नवीकरण, करचुक्ता प्रमाउपत्र जस्ता कागजात संलग्न नरहेको, खर्चबमोजिम काम भएको पुष्टि हुने प्रसारण भएका भिडीयो, अडियो क्लिप, छापिएका विज्ञापनका प्रतिहरु समेत पेश नगरेरै भुक्तानी गरेको पाइएको छ।
तर शिखर नगरपालिकाले उक्त निती नियमको विपरीत उपयुक्त व्यहोरा पालना नगरी अनलाईन विज्ञापन, सूचना प्रसारण, सचेतनामूलक कार्यक्रम प्रसारण लगाएतका खर्च लेखि विभिन्न पत्रपत्रिका, एफएम् रेडीयो तथा अनलाइनलाइनलाई २१ लख बढी भुक्तानी दिएको छ।वडाहरुबाट समेत छुट्टै रुपमा बजेट खर्च गरेको पाइएको छ।


