रामबहादुर देउबा–डोटी , डोटी जिल्लाको शिखर नगरपालिका वार्ड नं ३कालागाडमा रहेको डम्बर जोराको खुदा्र पसलमा आज दिउसो करिव दुई बजेको समयमा आगलागि भएको छ ।
के.आइ.सिह गाउँपालिका डोटीको सन्देश

खाना पकाउने ग्याँसमा आगलागि हुदाँ पसल भित्र रहेका सामाग्री जलेर पूर्णरुपमा नष्ट भएको शिखर नगरपालिकाका नगरप्रमुख दीर्ध बलायरले जानकारी दिए । खाना पकाउने क्रममा ग्यास चुहिन गइ दुई वटा एलपी ग्यासका सिलिन्डर समेत विष्पोट भएको नगर प्रमुख बलायरले बताए ।
स्थानीय वासिन्दा प्रहरी र दिपायल सिलगढी नगरपालिकाको बारुण नियन्त्रण यन्त्रको माघ्यमले आगो नियन्त्रणमा लिएको नगर प्रमुख दीर्घ बलायरले बताए । घटना स्थलमा अहिले प्रहरी विवरण संकलन गरिरहेकाले क्षतिको विवरण संकलनको काम भइरहेको छ । आगलागि बाट मानवीय क्षति भने कुनै पनि नभको नगरप्रमुख बलायरले जानकारी दिएका छन् ।



