राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए।
के.आइ.सिह गाउँपालिका डोटीको सन्देश
सवारी साधनको क्षमता भन्दा बढी भार नराखँौ । सवारी चलाउनु पुर्व साधनको प्राविधिक जाँच अनिवार्य रुपमा गरौ । स–सानाबालबालिका तथा पशुचौपायाहरुलाई सडकमा नछोडौ । हरेकघुम्तीमा सवारी साधनको गति सीमित गरी हर्न अनिवार्य रुपमा बजायौँ । नेपालको कानुनले बर्जित गरेका सामानको ओसार पसार नगरौ । सवारी चलाउदा जहिले पनि आफ्नो क्षेत्रतिरमात्र चलाऔँ । सडक छेउमा निार्मणका सामाग्री नराखौ । सवारी दुर्धटना बाट बचौ र बचाऔँ ।
परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ।’ उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको बताए। उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भई कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए।
कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अंकभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ।


